Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ: जेनजी आन्दोलनमा मेरो कुनै भूमिका छैन

खबरडबली संवाददाता

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृत्यु तथा घाइते हुनुपर्नुमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्।

जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको मागसहित दायर रिट निवेदनको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाउँदै लेखकले २१ जनाको ज्यान जानेगरी भएको बल प्रयोगबापत आफू जिम्मेवार नरहेको बताए।

लेखकले आफ्नो पक्षमा प्रस्तुत लिखित जवाफमा भनेका छन्, “गृहमन्त्रीमा बहाल रहँदासम्म पदिय हैसियतअनुसार जिम्मेवारी पूरा गर्दागर्दै विषम परिस्थिति सिर्जना भई हिंसात्मक गतिविधि भएको हो। त्यसमा मेरो कुनै भूमिका नभएकाले रिट निवेदन खारेज गरियोस्।”

उनका अनुसार जेनजीले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको भए पनि घुसपैठकर्तामार्फत बानेश्वरस्थित संसद् भवन परिसरमा उग्र, हिंसात्मक र विध्वंसात्मक गतिविधि भएपछि दुर्घटना जस्तो घटना भएको हो।

लेखकले २१ जनाको मृत्यु भएको घटनाबाट आफू अत्यन्त पीडित रहेको बताउँदै त्यही दिन नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन्। त्यसैले भदौ २४ गतेको घटनामा आफूलाई प्रश्न गर्न नमिल्ने उनको भनाइ छ। “भाद्र २४ गतेको घटनाबारे मैले पदीय जिम्मेवारी बोक्ने विषय नै भएन,” उनले लिखित जवाफमा उल्लेख गरेका छन्।

भदौ २२ गते बेलुकी केन्द्रीय सुरक्षा समितिको बैठक बसेको र त्यहाँ उपस्थित सुरक्षा निकायका प्रमुखहरूले प्रदर्शन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरेको पनि उनले स्मरण गरेका छन्। लेखकका अनुसार त्यही बैठकमा उनले कम बल प्रयोग गर्न, हताहती हुन नदिन तथा शान्ति–सुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

ईश्वर पोखरेललाई ओलीको जवाफ: बयान दिन जाने–नजाने मेरो कुरा हो, उपाध्यक्षज्यूलाई किन सञ्चो भएन ?

काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...

तत्कालिन सीडीओ छवि रिजालको जवाफ: उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वय गरेरै गोली हान्ने आदेश दिएको हुँ

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...

सर्वाेच्चलाई आरजु राणाको जवाफ: मेरो घरमा नगद जलेको भन्ने हल्ला पूर्णतया अपवाह

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ: जेनजी आन्दोलनमा मेरो कुनै भूमिका छैन

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...

म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।  म्य...

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending