काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले आयोगमा उपस्थित हुनुपर्ने भनाई सार्वजनिक गरेको भोलिपल्टै अध्यक्ष ओलीले सरकार नै असंवैधानिक भएकाले त्यसका क्रियाकलाप स्वीकार्न नसकिने प्रतिक्रिया दिएका हुन् ।
‘उपाध्यक्षज्यूलाई किन सञ्चो भएन, मलाई थाहा भएन। बयान दिन जाने–नजाने मेरो कुरा हो। कानुनी पक्ष मलाई पनि थाहा छ, त्यसवापत सजाय भोग्नुपर्ने हो भने पनि थाहा छ,’ ओलीले भने । उनका अनुसार प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायत साथीहरूको चाहना एउटै भए पनि आफू कानुनी रूपमा बाध्य छैनन्।
आफूलाई जति दबाइयो उति उफ्रिने स्वभाव भएको उल्लेख गर्दै उनले सरकारले फागुन २१ पछिको समय ख्याल गर्नुपर्ने चेतावनी दिए । ‘मलाई जनताले माया गरेका छन्, विरोधीले लखेटेका छन्। म हावा भरिएको भकुण्डोजस्तो हो, जति पछार्यो त्यति माथि जान्छु,’ उनले भने ।
ओलीले वर्तमान सरकारलाई असंवैधानिक दाबी गर्दै भने, ‘प्रधानमन्त्री कार्कीको सरकार असंवैधानिक हो, अन्तरिम सरकार होइन। राष्ट्रपतिले दिएको म्यान्डेट निर्वाचन गराउने हो।’
उनले सरकारका क्रियाकलाप प्रतिशोधपूर्ण र गैरकानुनी रहेको आरोप लगाउँदै चेतावनी दिए, ‘सरकारलाई कोसँग रिस उठेको हो थाहा छैन। फागुन २१ पछि २२ पनि आउँछ। समय गतिशील छ, ध्यान राखेर होस सम्हालेर चल्न म सचेत गराउन चाहन्छु।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: