काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले आयोगमा उपस्थित हुनुपर्ने भनाई सार्वजनिक गरेको भोलिपल्टै अध्यक्ष ओलीले सरकार नै असंवैधानिक भएकाले त्यसका क्रियाकलाप स्वीकार्न नसकिने प्रतिक्रिया दिएका हुन् ।
‘उपाध्यक्षज्यूलाई किन सञ्चो भएन, मलाई थाहा भएन। बयान दिन जाने–नजाने मेरो कुरा हो। कानुनी पक्ष मलाई पनि थाहा छ, त्यसवापत सजाय भोग्नुपर्ने हो भने पनि थाहा छ,’ ओलीले भने । उनका अनुसार प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायत साथीहरूको चाहना एउटै भए पनि आफू कानुनी रूपमा बाध्य छैनन्।
आफूलाई जति दबाइयो उति उफ्रिने स्वभाव भएको उल्लेख गर्दै उनले सरकारले फागुन २१ पछिको समय ख्याल गर्नुपर्ने चेतावनी दिए । ‘मलाई जनताले माया गरेका छन्, विरोधीले लखेटेका छन्। म हावा भरिएको भकुण्डोजस्तो हो, जति पछार्यो त्यति माथि जान्छु,’ उनले भने ।
ओलीले वर्तमान सरकारलाई असंवैधानिक दाबी गर्दै भने, ‘प्रधानमन्त्री कार्कीको सरकार असंवैधानिक हो, अन्तरिम सरकार होइन। राष्ट्रपतिले दिएको म्यान्डेट निर्वाचन गराउने हो।’
उनले सरकारका क्रियाकलाप प्रतिशोधपूर्ण र गैरकानुनी रहेको आरोप लगाउँदै चेतावनी दिए, ‘सरकारलाई कोसँग रिस उठेको हो थाहा छैन। फागुन २१ पछि २२ पनि आउँछ। समय गतिशील छ, ध्यान राखेर होस सम्हालेर चल्न म सचेत गराउन चाहन्छु।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...
मंसिर २६ गते, २०८२ - १४:४९
काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...
मंसिर २६ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...
मंसिर २६ गते, २०८२ - १४:१६
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...
मंसिर २६ गते, २०८२ - १४:००
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...
मंसिर २६ गते, २०८२ - १३:४६
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...
मंसिर २६ गते, २०८२ - १३:२७
म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्य...




प्रतिकृया लेख्नुहोस्: