काठमाडौँ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका विभिन्न प्रचार–प्रसारबारे उनीहरूले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका छन्। उनीहरूले छोरीको स्वास्थ्य उपचारका कारण अमेरिका आएको बताउँदै भ्रामक प्रचार नगर्न र नपत्याउन अनुरोध गरेका छन्।
कट्टेलले फेसबुकमार्फत जारी गरेको बकपत्रमा तीन वर्षअघि आफूहरूले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि आवेदन गरेको जानकारी दिएका छन्। यो विशेष विधामा असाधारण क्षमता भएका व्यक्तिहरूलाई प्रदान गरिने स्थायी बसोबास अनुमति हो। नेपालमा कलाकारिताबाट जीवन धान्न कठिन भएको र भविष्यका लागि स्थिर विकल्प खोज्दै यसमा आवेदन गरेको उनले स्पष्ट पारे।
उनका अनुसार, उक्त कार्ड प्राप्त गरेपछि कम आम्दानी भएका अभिभावकका सन्तानलाई ‘मेडिकेड’ मार्फत नि:शुल्क उपचार सुविधा उपलब्ध हुने भएकाले छोरीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर अमेरिका बस्नुपर्ने निर्णय गरेको बताए। यसअघि ‘स्ट्रेस’ का कारण कुन्जना घिमिरेको गर्भपतन भएको उल्लेख गर्दै उनीहरूले बाँकी एक मात्र सन्तानका लागि कुनै जोखिम लिन चाहेनन्।
रंगशाला निर्माणसँग जोडिएका समस्याहरू र चितवनका विभिन्न दबाबबीच छोरीको उपचारलाई पहिलो प्राथमिकतामा राखेर अमेरिका आउनुपरेको कट्टेलले बताए। ‘‘भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारका लागि बाहिर जानुपर्ने भएकाले छिटो मुक्त गरिदिन अनुरोध गरेका थियौँ, तर कुनै समाधान भएन,’’ उनले बकपत्रमा उल्लेख गरेका छन्। ‘‘छोरीको ज्यान जोखिममा नपरोस् भनेर हामी बाध्य भएर अमेरिका आएका हौँ। यो बाध्यता सबैले बुझिदिनुहुने आशा छ।’’
छोरीको उपचारपछि पुन: नेपाल फर्किएर कलाकारितामा सक्रिय हुने इच्छासमेत कट्टेलले व्यक्त गरेका छन्। उनी अहिले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा लागेको ऋण समस्याले पनि प्रभावित भएका छन्। भरतपुर महानगरपालिकाले मन्त्रिपरिषद्बाट निर्णय भइसकेको रकम भुक्तानी नगर्दा आफूहरू थप कठिनाइमा परेको उनीहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: