Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

अमेरिका पलायन’ प्रचारप्रति धुर्मुस–सुन्तलीको स्पष्टीकरण: छोरीको उपचारकै लागि अमेरिका आएको हौं

खबरडबली संवाददाता

काठमाडौँ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भएको भन्दै आएका विभिन्न प्रचार–प्रसारबारे उनीहरूले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका छन्। उनीहरूले छोरीको स्वास्थ्य उपचारका कारण अमेरिका आएको बताउँदै भ्रामक प्रचार नगर्न र नपत्याउन अनुरोध गरेका छन्।

कट्टेलले फेसबुकमार्फत जारी गरेको बकपत्रमा तीन वर्षअघि आफूहरूले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि आवेदन गरेको जानकारी दिएका छन्। यो विशेष विधामा असाधारण क्षमता भएका व्यक्तिहरूलाई प्रदान गरिने स्थायी बसोबास अनुमति हो। नेपालमा कलाकारिताबाट जीवन धान्न कठिन भएको र भविष्यका लागि स्थिर विकल्प खोज्दै यसमा आवेदन गरेको उनले स्पष्ट पारे।

उनका अनुसार, उक्त कार्ड प्राप्त गरेपछि कम आम्दानी भएका अभिभावकका सन्तानलाई ‘मेडिकेड’ मार्फत नि:शुल्क उपचार सुविधा उपलब्ध हुने भएकाले छोरीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर अमेरिका बस्नुपर्ने निर्णय गरेको बताए। यसअघि ‘स्ट्रेस’ का कारण कुन्जना घिमिरेको गर्भपतन भएको उल्लेख गर्दै उनीहरूले बाँकी एक मात्र सन्तानका लागि कुनै जोखिम लिन चाहेनन्।

रंगशाला निर्माणसँग जोडिएका समस्याहरू र चितवनका विभिन्न दबाबबीच छोरीको उपचारलाई पहिलो प्राथमिकतामा राखेर अमेरिका आउनुपरेको कट्टेलले बताए। ‘‘भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारका लागि बाहिर जानुपर्ने भएकाले छिटो मुक्त गरिदिन अनुरोध गरेका थियौँ, तर कुनै समाधान भएन,’’ उनले बकपत्रमा उल्लेख गरेका छन्। ‘‘छोरीको ज्यान जोखिममा नपरोस् भनेर हामी बाध्य भएर अमेरिका आएका हौँ। यो बाध्यता सबैले बुझिदिनुहुने आशा छ।’’

छोरीको उपचारपछि पुन: नेपाल फर्किएर कलाकारितामा सक्रिय हुने इच्छासमेत कट्टेलले व्यक्त गरेका छन्। उनी अहिले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा लागेको ऋण समस्याले पनि प्रभावित भएका छन्। भरतपुर महानगरपालिकाले मन्त्रिपरिषद्‌बाट निर्णय भइसकेको रकम भुक्तानी नगर्दा आफूहरू थप कठिनाइमा परेको उनीहरूको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्ति...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ, लागुऔषध विवाद मुख्य कारण

कास्की। पोखरामा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा झै–झगडाको भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान चलाएर उनी...

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...

विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending