Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

खबरडबली संवाददाता

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल्ला समितिले प्रतिशोधपूर्ण ढंगले फेरबदल गरेको भन्दै किचलो सुरु भएको छ ।

नेपाली कांग्रेस सिराहाको जिल्ला कार्यसमितिका सचिव शैलेन्द्र यादवसहितको उपस्थितिमा आइतबार दिउँसो लहानमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम जिल्लाले अनुमोदन गरी प्रदेश र केन्द्रीय कार्यसमितिलाई पठाएको भनिएको सूची सार्वजनिक गरिएको छ। जिल्लाले प्रदेश र केन्द्रलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्रका लागि आठजना, समानुपातिकतर्फ १५ तथा राष्ट्रिय सभाका लागि चार गरी २७ जनाको नाम सिफारिश गरिएको जिल्ला सचिव यादवले जानकारी दिए।

को को परे सिफारिसमा ?

जिल्ला सचिव यादवका अनुसार २५ मंसिरमा बसेको जिल्ला समितिको बैठकको निर्णयबमोजिम सिराहा क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ पदमनारायण चौधरी र संजयकुमार यादव, २ का लागि एक्ला उम्मेदवार रामचन्द्र यादव, ३ बाट रामबाबु यादव र मधुसुदन यादव तथा ४ नं. बाट मञ्जु खाँड, डा. गणेश मण्डल तथा मो. मुख्तार अहमदको नाम सिफारिस गरिएको छ। 

त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नं. १ बाट उषाकुमारी राउत, प्रमेश्वर साह, शर्मिला पोखरेल, २ नं. बाट चित्रलेखा यादव, ३ नं. बाट उपेन्द्रकुमार यादव, कौशल मण्डल, अरुण सदाय, कुसुमकुमारी यादव, दिनेशकुमार साहको नाम रिफारिश गरिएको छ। त्यस्तै, ४ नं. क्षेत्रबाट अरुणकुमार सिंह, रमेश न्यौपाने, रामएकवाल यादव, रामकृष्ण पोखरेल, नागेश्वर भुडेर, अरहुलिया मुखिया तथा राष्ट्रिय सभाका लागि सूर्यनारायण यादव, वसन्ती सदाय, अमियकुमार यादव, मो. इझारुल हकको नाम सिफारिस गरिएको छ।

जिल्ला कार्यसमितिमा ३ नं. क्षेत्रबाट नाम नै नआएको र उपसभापतिको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेर पठाएको सूची अनुमोदन गरिएको उनको दाबी छ। तर, ३ नं. क्षेत्रीय सभापति यादवले आफूलाई बैठकको विषयमा कुनै जानकारी नै नगराएको दाबी गरे।

क्षेत्रको सिफारिसमा प्रतिशोध भएको गुनासो

केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार प्रत्यक्षतर्फ एक महिला अनिवार्यसहित तीनजना र समानुपातिकतर्फ एक महिलासहित दुईजनाको नाम सिफारिस गर्नुपर्ने जनाइएको छ। जिल्ला कार्यसमितिले क्षेत्रीय समितिले पठाएका नामावली अनुमोदन गरी प्रदेश र केन्द्रमा पठाएको भनिए पनि प्रतिशोधको कारणले क्षेत्रको सिफारिसलाई लत्याइएको असन्तुष्टहरूले गुनासो गरेका छन्।

३ नं. क्षेत्रीय सभापति संजयप्रकाश यादवले केन्द्रीय परिपत्रअनुसार १९ मंसिरको क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ सीतादेवी यादव र समानुपातिकतर्फ अमर रेग्मी, जीवछ गुप्ता र जगतारैन कामतीको नाम टुंग्याएर २४ मंसिरमा जिल्ला, प्रदेश र केन्द्रलाई सिफाशि गरिएको बताए। ‘क्षेत्रीय कार्यसमितिले गरेको सिफारिश लत्याएर जिल्लाले उपसभापतिको अध्यक्षतमा अर्को बैठक गराई नामावली लिएको छ,’ उनले भने। 

त्यस्तै, १ नं. क्षेत्रीय कार्यसमितिले २० मंसिरमा गरेको बैठकबाट प्रत्यक्षतर्फ रामसुन्दर चौधरी र पदमनारायण चौधरी तथा समानुपातिकतर्फ उषाकुमारी राउत, सूर्यनारायण यादव, प्रमेश्वर साह, श्रीचन पासमान र शर्मिला पोखरेलको नाम सर्वसम्मत  सिफारिश गरेको बैठकको माइन्युटमा उल्लेख छ। जिल्लाले भने प्रत्यक्षतर्फ १ नं. मा सिफारिश भएका रामसुन्दरको नाम कटाएर लहान नगरसभापति संजयकुमार यादवको नाम सिफारिश गरेको असन्तुष्टहरुको आरोप छ।

२०७८ फागुनमा सम्पन्न सिरहा कांग्रेसमा १४औं जिल्ला अधिवेशनमा संस्थापन पक्षले धाँधली गरेर नेतृत्व हत्याएको भन्दै सामानान्तर समिति नै घोषणा गरिएको थियो। त्यतिबेला सामानान्तर समितिमा रहेकाहरुमध्ये क्षेत्रीय कार्यसमितिले सिफारिश गरेको भए पनि प्रतिशोधपूर्ण ढंगले जिल्लाले नाम काटेको आरोप छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE