काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे । गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ ।
यसैबिच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भएको छ र युक्रेनी अधिकारीहरूले त्यसको संशोधित प्रस्ताव हालै वासिङ्टन पठाइसकेको जनाएका छन् ।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले संशोधित प्रस्तावमा अमेरिकाबाट औपचारिक प्रतिक्रिया नआए पनि आवश्यक सबै सङ्केतहरू प्राप्त भइरहेको बताए ।
“बर्लिनमा हुने शिखर वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । हामी अमेरिकी र युरोपेली दुवै पक्षसँग आज र भोलि बर्लिनमै भेट गर्दैछौँ”, उनको भनाइ थियो ।
ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्पका दूत स्टिभ विटकफले शान्ति वार्ताको अवस्थाबारे छलफल गर्न यस सप्ताहन्तमा जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गर्नेछन् ।
जेलेन्स्कीले शान्ति योजनाले निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, “सबैभन्दा पहिले यो युक्रेनका लागि न्यायोचित हुनुपर्छ, किनकि युद्धको सुरुआत रुसले गरेको हो ।”
सन् २०२२ मा रुसले आक्रमण गरेयता दशौँ हजार मानिसको ज्यान लिएको युद्ध अझै जारी छ । पछिल्लो प्रयासकाबिच युक्रेनले नयाँ रूसी हवाई आक्रमणको रिपोर्ट गरेको छ ।
युक्रेनी वायु सेनाका अनुसार रुसले रातारात १३८ वटा ड्रोन र एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । खेरसनमा रहेको एक अस्पतालमा ड्रोन प्रहार हुँदा एक नर्ससहित दुई जना घाइते भएका छन् भने जापोरिझिया क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: