पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो ।
कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ति हुन नसकेको हो ।
प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको छ, तर मन्त्रालयले अहिलेसम्म नियुक्तिको प्रकृया अगाडि बढाएको छैन”, उनले भने, “प्रतिष्ठान नेतृत्वविहीन हुँदा योजना र कार्यक्रम कार्यान्वयन प्रभावित भइरहेको छ ।”
सिङ्गो प्रदेशको भाषा, कला, संस्कृति आदिको उत्थानमा क्रियाशील हुनुपर्ने संस्था लामो समयसम्म नेतृत्वविहीन हुुनु दुःखद् रहेको उनको भनाइ छ । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अब छिट्टै नियुक्तीको प्रकृया सुरु हुने बताए । “कुलपतिसहित सबै पदमा दरखास्त परिसकेको छ, विविध कारणले नियुक्तीमा ढिलाइ भएको हो, अबको एकदुई हप्तामा नियुक्तीको प्रकृया टुङ्गिन्छ”, उनले भने ।
गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी ऐनमा कुलपतिका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । उपकुलपति र सदस्यसचिवका लागि स्नातक र सदस्यहरूका लागि कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ ।
प्रतिष्ठानमा नियुक्त हुने व्यक्ति ३५ वर्ष पूरा भई भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याती आर्जन गरेको हुनुपर्ने प्रावधान ऐनमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: