अस्ट्रेलिया । अष्ट्रेलियाको बोन्डी समुन्द्र तटमा “हनुक्का” (यहुदीहरुको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाईतेहरु अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले सोमबार पुष्टि गरेको छ ।
सामाजिक सञ्जाल एक्समा पोस्टमा गर्दै एनएसडब्लु प्रहरीले बोन्डीमा आइतबार भएको गोली हानाहानको पुष्टि गर्दै थप जानकारी चाँडै उपलब्ध गराइने बताएको छ । सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिले ज्यान गुमाउनेहरूमा बालबालीकाहरु समेत रहेको पुष्टि गरेका छन् ।
अधिकारीहरूले घटना पछि बोन्डी समुद्र तट वरपरको क्षेत्र सील गरि अनुसन्धान जारी राखेको तथा हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको बताएका छन् ।
“अनुसन्धानकर्ताहरूले घटना स्थलमा अनुसन्धान गरिरहँदा बोन्डी समुद्र तट र बोन्डी क्षेत्रका वरपरका सडकहरू बन्द हुने र ड्रोनसहितका विमानहरूलाई अपराध स्थलमाथि उड्न निषेध गरिएको प्रहरीले जनाएको छ ।
हनुक्का मनाउन सयौं मानिसहरू भेला भएको अवस्थामा यहुदी समुदायलाई लक्षित गरिएको यो आक्रमणलाई आधिकारिक रूपमा आतंकवादी आक्रमण घोषणा गरिएको जनाइएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले सामूहिक गोलीबारी पछि राष्ट्रका नाममा सम्बोधन गर्दै घटनाको निन्दा गरेको छ । उनले उक्त घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमणको रुपमा वर्णन गर्दै अस्ट्रेलियाको यहुदी समुदायसँग एकता व्यक्त गरेको छ ।
उनले घटना “हनुक्का मनाइ रहेका यहूदी अस्ट्रेलियालीहरू लक्षित रहेको बताउदै आनन्दका साथ उत्सव, मनाई रहेका यहूदी विरोध, आतङ्कवाद भन्दै घटना हृदय विदारक भएको बताएको छ ।
न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनका अनुसार अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा भएको घातक गोली काण्डमा संलग्न दुई संदिग्ध वावु र छोरा छन् ।
पत्रकार सम्मेलनमा बोल्दै लान्यानोनले ५० वर्षीय बुबालाई प्रहरीले घटनास्थलमै गोली हानेर हत्या गरेको र २४ वर्षीय छोरालाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको र अवस्था गम्भीर रहेको बताएको छ ।
नजिकैको गाडीमा फेला परेका विस्फोटक उपकरणहरू अधिकारीहरूद्वारा सुरक्षित रूपमा हटाइएको पनि अधिकारीहरूले पुष्टि गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: