म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ ।
नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन समस्या हुनुका साथै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो ।
बगैँचामा टिपेको सुन्तला ट्याक्टरमा राखेर नयाँपुलमा झार्ने र नयाँपुलबाट गाडीमा राखेर बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत बजारमा पठाउने गरिएको राखुका कृषक भविकला थापा रानामगरले बताइन् ।
“तल्लो राखुबाट नयाँपुलसम्म एकपटक सुन्तला ढुवानी गरेको एक वटा ट्याक्टरले रु तीन हजार लिन्छ भने उपल्लो राखुबाट रु तीन हजार पाँच सय खर्च हुन्छ,” उनले भनिन्, “बगैचा र नयाँपुलमा दुई पटक लोड अनलोड गर्दा थप खर्च हुने गरेको छ ।”
अन्यत्रका किसानले प्रतिकिलो रु ८० देखि ८५ मा सुन्तला बेचे पनि राखुका किसानले सडक र ढुवानीको समस्याले गर्दा प्रतिकिलो रु ७५ मा बेच्न बाध्य भएको उनी बताउँछिन् । उनका अनुसार ग्रेड नमिलेको, साघुरो सडकमा घुम्ती धेरै छन् भने मोटरसाइकल, जिप र ट्याक्टर मात्र चल्ने सडक जोखिमयुक्त छ ।
सडक पुग्नुअघि यहाँका किसानले बेनीका डोके व्यापारीलाई सस्तोमा सुन्तला बेच्ने गरेका थिए । सडक आएपछि डोकोमा बोकेर सुन्तला बजार पठाउनुपर्ने समस्या हटे पनि स्तरोन्नतिमा ढिलाई भएको किसान नरबहादुर रानाले गुनासो गरे ।
वि.सं. २०७३ मा तत्कालीन भकिम्ली गाविस र किसानहरूको रु ५० लाख लागतमा जयन्ती माविबाट राखु हुँदै नयाँपुल जोड्ने करिब पाँच किलोमिटर सडकको मार्ग खुलेको थियो । सडक निर्माणका लागि स्थानीयवासी महिलाले १३ जना महिलाले बैंकमा सुन धितो राखेर रु १२ लाख ऋण जुटाएका थिए ।
बेनी नगरपालिकाले घुम्तीमा ढलान र बर्खामा खसेको पहिरो पन्छायर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । सामान्य मर्मतको भरमा सडक सञ्चालन भएको छ । बेनपा–३ का वडा अध्यक्ष पदम पुनले राखुको सडकलाई स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताए।
राखुका ६५ घरपरिवार किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । वार्षिक रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको कृषक खिम पुनले बताए । नयाँ बिरुवा थपिदै गएकाले वर्षेनी सुन्तलाको उत्पादन बढेको उनले बताए ।
सुन्तला खेतीले रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । काम र अवसरको खोजीमा बजार तथा विदेशिनुपर्ने समस्या कम भएको छ ।
कृषक गङ्गाबहादुर घर्तीले सुन्तलाले फल दिन थालेपछि विदेश जानु नपरेको बताउनुभयो । एक सय ८० बोटबाट उहाँले वार्षिक रु चार लाख मूल्यको सुन्तला बिक्री हुने बताए ।
पूर्व फर्किएको भिरालो पाखोमा रहेको राखुको भूगोल र जमिन सुन्तला खेतीका लागि अनुकल छ । सिचाइँको पर्याप्त सुविधा छ । कोदो र मकै बालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छन् । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: