काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृषक चित्रराज तिमिल्सिनाले च्याउखेतीबाटै वार्षिक रु १२ लाख आम्दानी गर्छन्।
तिमिल्सिनाले देशभित्रै च्याउखेतीबाट खर्च कटाएर मासिक रु एक लाख आम्दानी गरी ‘देशमा केही गर्न सकिँदैन, केही हुँदैन’ भन्ने युवा पुस्ताका लागि ‘जाँगर भए देशभित्रै गर्न सकिन्छ’ भन्ने उदाहरण दिएका छन् ।
आफ्नै लगानीमा करिब १५ रोपनी जग्गामा च्याउ खेती गर्दै आएका उनले चार वटा फार्ममा कन्ये, गोब्रे र सिताकेलगायतका च्याउ खेती गर्दै आएका छन् । उनले अध्ययन गर्दै गरेका आफ्ना छोरा/छोरीलाई पनि च्याउखेतीमै संलग्न गराएका छन् ।
उनले भने, “अमेरिका र युरोपका विभिन्न देशमा गएका युवाभन्दा हामी सक्षम छौँ, उनीहरु देश फर्किएर के गर्ने होला ? भनेर काम खोज्छन्, हामीसँग त्यो समस्या छैन ।”
च्याउ उत्पादक किसान सङ्घ, नेपालका अनुसार हाल च्याउखेतीबाट करिब रु २० अर्ब बराबरको आम्दानी हुने गरेको छ । गोधे च्याउ, कन्ये च्याउ र राजा च्याउ नेपालका लागि आवश्यक उत्पादन नेपाली किसानबाट हुने भएकाले च्याउमा नेपाल आत्मनिर्भर भएको किसानहरुको भनाइ छ । यस क्षेत्रमा ३० हजार नेपालीले रोजगारी पाएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी आनन्द जोशीले च्याउ खेतीको विकास र प्रवर्द्धन गर्ने विषयमा रणनीति वा कार्ययोजना बनाउने विषयमा छलफल भए पनि राष्ट्रिय च्याउ नीति नै बनाउनेबारे भने छलफल नभएको बताए।
नेपालमा म्याजिक मसरुम भनिने जङ्गली च्याउदेखि सजिलै घरमा उत्पादन गर्न सकिने च्याउसम्म पाइन्छन् । प्रतिकिलो भारु ५८ हजारमा बिक्री हुने गुची च्याउ पनि नेपालमै पाइन्छन् । यार्सागुम्बा पनि च्याउ वर्गमै पर्छन् । नेपालमा च्याउखेती नगदेवालीको रूपमा अत्यधिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ ।
कृषि विभागअन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रका सूचना अधिकारी पूर्णिमा क्षेत्रीले केन्द्रले च्याउसम्बन्धी प्रयोगशाला र च्याउमा हुनुपर्ने न्यूनतम मापदण्ड तयार गर्ने काम भइरहेको जानकारी दिइन् । केन्द्रले खानयोग्य जङ्गली च्याउबारे पनि अध्ययन सुरु गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: