काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको बताइन्।
सबैतिरबाट आलोचना आइरहेको भन्दै दिग्दारी व्यक्त गरेकी प्रधानमन्त्री कार्कीले आफ्नो अवस्थाबारे पनि कथा लेख्न सुझाइन्। “कतै जाँदा पनि सुख नहुने अवस्था अहिले हाम्रो छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “हामी अचानो जस्तो भएका छौँ। राजनीतिक दलले पनि गाली गर्छन्, जनताले पनि गाली गर्छन्। आज छोड्, भोलि छोड् भन्छन्। जेन–जी समूहले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन्।”
राजीनामा दिँदा पनि आलोचना नै हुने अवस्था रहेको उल्लेख गर्दै उनले भनिन्, “छोड्यौँ भने भोलिपल्ट नै ‘थुक्क, पालो त दिएको थियो नि, औकात नै रहेनछ’ भन्ने भाष्य आउँछ।”
आफूहरू पेन्डुलमजस्तो अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री कार्कीले धेरै सकस, मेहनत र धैर्यका साथ काम गरिरहेको स्पष्ट पारिन्। निर्वाचनको आवश्यकतामाथि समेत प्रश्न उठ्न थालेको भन्दै उनले युवापुस्तामा यस्तो धारणा देखिन थालेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले देश बंगलादेशजस्तो अस्थिर अवस्थामा नजाओस् भन्नेमा सरकार सचेत रहेको बताउँदै भनिन्, “२५–३० वटा जेन–जी समूह छन्, सबैले फरक–फरक निर्देशन दिनुहुन्छ। तर मुलुक बंगलादेश नहोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...



प्रतिकृया लेख्नुहोस्: