Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

खबरडबली संवाददाता

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थामा अस्पताल ल्याइएकी थिइन्।

उपचारमा संलग्न चिकित्सक तथा वीर अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झाले ती वृद्धाको मस्तिष्कमा ठूलो मात्रामा रक्तश्राव (ब्रेन हेमरेज) भएको पत्ता लागेपछि तत्काल न्यूरोसर्जिकल शल्यक्रिया गरिएको जानकारी दिए।

डा. झाले भने, “बिरामी अस्पताल आउँदा अचेत अवस्थामा थिइन्। विस्तृत जाँच र परीक्षणपछि मस्तिष्कमा अत्यन्त ठूलो रक्तश्राव भइरहेको देखियो। यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया नगरे जीवन जोखिममा पर्न सक्थ्यो।”

उनका अनुसार १०० वर्षभन्दा बढी उमेरका बिरामीमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले अत्यन्त चुनौतीपूर्ण विषय हो। “यस्तो उमेरमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने निर्णय आफैंमा कठिन हुन्छ। न्यूरोसर्जरी विभागको सम्पूर्ण टोलीले गहन छलफल गर्‍यो र बिरामीका परिवारसँग विस्तृत परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णयमा पुग्यौँ,” डा. झाले बताए।

डा. राजीव झाको नेतृत्वमा गरिएको शल्यक्रियामा डा. समीर अर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली तथा स्टाफ नर्स सिन्धु गौतमलगायतको टोली संलग्न थियो। चिकित्सक टोलीका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र शल्यक्रियापश्चात् बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको छ।

हाल ती वृद्धा होसमा छिन्। उनी बोल्न सक्ने अवस्थामा पुगेकी छिन् भने आफैँ खाना खान सक्ने अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन्।

डा. झाले १०० वर्षभन्दा माथिको उमेर समूहमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै दुर्लभ मानिने उल्लेख गरे। “यो केवल चिकित्सकीय उपलब्धि मात्र होइन, आधुनिक न्यूरोसर्जरी र टोलीगत उपचारको सफल उदाहरण पनि हो,” उनले भने।

चिकित्सकहरूका अनुसार बिरामीलाई पछिल्लो एक महिनादेखि बेलाबेला टाउको दुख्ने, पटक–पटक लड्ने जस्ता समस्या देखिँदै आएको थियो। तर अवस्था गम्भीर बनेपछि मात्र उनी अस्पताल ल्याइएको बताइएको छ।

वीर अस्पतालले जटिल र उच्च जोखिमयुक्त शल्यक्रियामा समेत सक्षम रहेको यो घटनाले पुष्टि गरेको चिकित्सकहरूको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending