काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउन राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने बताएका छन्।
निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले जनतासँग राज्यको सम्बन्ध मजबुत बनाउन सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
राज्य र जनताबीचको सम्बन्धलाई जीवन्त बनाउने महत्वपूर्ण भूमिका निजामती कर्मचारीको रहेको उल्लेख गर्दै उनले नागरिक हक सुनिश्चित गर्नु नै राज्य बलियो बनाउने आधार भएको बताए।
“राज्यलाई बलियो बनाउन नागरिकका अधिकार सुनिश्चित गर्नुपर्छ। राज्य र जनतालाई जोड्ने काम गर्नुपर्छ। त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्छौं,” महासचिव पोखरेलले भने।
उनले आगामी निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अङ्गहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए। वर्तमान अवस्थामा राज्य कमजोर देखिएको उल्लेख गर्दै उनले स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले राज्यलाई बलियो बनाउने नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए।
“अहिले राज्य कमजोर अवस्थामा छ। यस्तो बेला राज्यलाई बलियो बनाउने जिम्मेवारी निजामती प्रशासनको हो,” उनले भने, “मुलुकको वर्तमान र भविष्यप्रति जिम्मेवार र जागरुक तप्काका रूपमा निजामती कर्मचारी उभिनुपर्छ।”
महासचिव पोखरेलले नवयुवामा राज्य र राजनीतिक दलप्रति असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै गत भदौ २३ र २४ का घटनालाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे। उनले नवयुवाले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने जस्ता मुद्दाहरूको समाधान राजनीतिक नेतृत्वले गर्नुपर्ने बताए।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेलले निजामती कर्मचारी स्थायी सरकार भएकाले बाह्य हस्तक्षेपबाट मुलुकलाई जोगाउन भूमिका खेल्नुपर्ने धारणा राखे।
त्यसैगरी सङ्गठनका अध्यक्ष भवानी दाहालले राज्य कमजोर भएको अवस्थामा निजामती कर्मचारी अझै चनाखो भएर जनहितमा केन्द्रित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८२ - १४:१३
नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...
पौष २१ गते, २०८२ - १४:०२
पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...
पौष २१ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...
पौष २१ गते, २०८२ - १३:५६
काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...
पौष २१ गते, २०८२ - १३:४८
रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। ...
पौष २१ गते, २०८२ - १३:४७
राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै ग...
पौष २१ गते, २०८२ - ११:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन...
पौष २१ गते, २०८२ - ११:११
काठमाडौँ । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज ...
पौष २० गते, २०८२ - ११:०६
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...
पौष २० गते, २०८२ - १०:३९
काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...




प्रतिकृया लेख्नुहोस्: