Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

निर्वाचनको मोडमा नेपाल : नेतृत्व, षड्यन्त्र र राष्ट्रनायकको सवाल

खबरडबली संवाददाता

नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक सूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि आन्तरिक छलफल र तयारी चलिरहेकै बीच, समानुपातिक सूची दर्तासँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको स्पष्ट भइसकेको छ।

यही ऐतिहासिक मोडमा, जेनजी आन्दोलनका क्रममा सत्तामा रहेका र देशलाई अस्थिरता, हिंसा तथा विनाशतर्फ धकेलेको आरोप खेपिरहेका दुई ठूला संसदवादी दलहरूले संसद पुनर्स्थापनाको मागसहित अदालतको ढोका ढकढक्याएका छन्। उनीहरूको यो कदमलाई आधार बनाएर केही देशी–विदेशी प्रतिक्रियावादी र अतिवादी शक्तिहरू पुनः संसद ब्युँताउने, पुरानै कुशासन र भ्रष्टाचारको दलदलमा देशलाई फसाउने र अन्ततः नेपाललाई दीर्घकालीन अव्यवस्थाको मार्गमा धकेल्ने सपना देखिरहेको बुझ्न गाह्रो छैन।

संसद पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि, देशको वर्तमान यथार्थ—निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्था—ले त्यसको राजनीतिक औचित्य कमजोर बनाउँदै लगेको देखिन्छ। अन्तिम निर्णय सम्मानित अदालतको हातमा छ, तर राजनीतिक रूपमा देश अब पछाडि फर्कने अवस्थामा छैन।

क. प्रचण्डको उम्मेदवारी : क्षेत्र होइन, राष्ट्रको सवाल

आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक क. प्रचण्डलाई प्रत्यक्षतर्फ विभिन्न जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरिनु सामान्य घटना होइन। यो सिफारिसले उहाँ कुनै एक जिल्ला वा निर्वाचन क्षेत्रमा सीमित नेता नभई सिंगो राष्ट्रको नेतृत्व गर्ने हैसियतमा स्थापित भइसकेको सन्देश दिन्छ।

क. प्रचण्ड अरू नेताझैँ ‘आफ्नो सुरक्षित क्षेत्र’ खोजेर बस्ने प्रकारका नेता होइनन्। उहाँ जहाँबाट उठे पनि जित्न सक्ने क्षमता र जनआधार राख्नुहुन्छ भन्ने कुरामा कुनै शंका छैन। तर यहाँ मूल प्रश्न उहाँको व्यक्तिगत जितको होइन। वास्तविक चुनौती भनेको देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउनु, समानुपातिकतर्फ लाखौँ जनताको विश्वास प्राप्त गर्नु र एकल बहुमतको सरकारमार्फत देशलाई स्पष्ट राजनीतिक निकास दिनु हो।

त्यसका लागि जनताको आधारभूत माग—रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि रूपान्तरण, भूमिसुधार, सुकुम्बासी समस्या समाधान, सामाजिक न्याय र सबै प्रकारका विभेदको अन्त्य—लाई व्यवहारमा उतार्ने राजनीतिक इच्छाशक्ति आवश्यक छ। यही लक्ष्यका साथ क. प्रचण्डले देशव्यापी रूपमा निर्वाचनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ।

साथै, यदि निर्वाचन नै अवरुद्ध गर्ने, देशलाई अन्यौल र संकटमा फसाउने षड्यन्त्र भए भने त्यसको प्रतिरोधका लागि वैकल्पिक क्रान्तिकारी तयारी पनि सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता छ। त्यसैले उहाँ कहाँबाट उठ्ने भन्ने विषयमा सुझाव र छलफल स्वाभाविक भए पनि, अनावश्यक दबाब सिर्जना गर्नु दूरदर्शी कदम हुँदैन।

संकुचित सोच होइन, खुला दृष्टि

आज नेपाल मात्र होइन, विश्व राजनीति र समाजवादी आन्दोलन नै कठिन मोडमा उभिएको छ। भेनेजुएलाजस्ता देशमा देखिएका घटनाले साम्राज्यवाद कति आक्रामक रूपमा अघि बढिरहेको छ भन्ने स्पष्ट पारिसकेको छ। यस्तो अवस्थामा संकुचित सोचले होइन, फराकिलो दृष्टि र ऐतिहासिक चेतनाले निर्णय लिनु अपरिहार्य छ।

पार्टी र क्रान्तिको जित व्यक्तिभन्दा माथि हुन्छ। यो सत्य सबैका लागि लागू हुन्छ—नेतादेखि कार्यकर्तासम्म। क. प्रचण्ड आफैँ पनि यस नियमका अपवाद होइनन्।

क. प्रचण्डमाथि उठाइने भ्रमहरू

शान्ति प्रक्रियाको सुरुवातदेखि नै क. प्रचण्ड एउटै निर्वाचन क्षेत्रबाट मात्र उठ्ने नेता नहुने विषयमा पार्टीभित्र स्पष्ट छलफल हुँदै आएको छ। तर बेला–बेला विदेशी स्वार्थसँग जोडिएका तत्व, सामाजिक सञ्जालका अतिरञ्जित आवाज, पार्टी छोडेर गएकाहरूको असन्तुष्टि र राजनीतिक अपरिपक्वताको मिश्रणबाट उहाँको “आफ्नै निर्वाचन क्षेत्र छैन” भन्ने भ्रम फैलाउने प्रयास हुँदै आएको छ। यस्ता बहकाउमा फसिनु आत्मघाती हुनेछ।

इतिहासले प्रमाणित गरिसकेको नेतृत्व

क. प्रचण्डको ऐतिहासिक भूमिकालाई हामी आफैँले कहिलेकाहीँ कम आँक्ने गरेका छौँ। तर विश्व कम्युनिस्ट आन्दोलनको दृष्टिबाट हेर्दा उहाँ नेपालको जनवादी क्रान्तिको केन्द्रीय व्यक्तित्व हुनुहुन्छ। दश वर्षे जनयुद्ध, गणतन्त्र स्थापना, संविधानसभा प्रक्रिया—यी सबै उहाँको नेतृत्वबिना कल्पना गर्न सकिँदैन।

भविष्यमा लेखिने नेपालको इतिहास क. प्रचण्ड र जनयुद्धको उल्लेखबिनाको हुनै सक्दैन। त्यस्तै, विश्व माओवादी आन्दोलनको इतिहास पनि नेपाल र क. प्रचण्डको भूमिकालाई बेवास्ता गरेर पूरा हुँदैन।

अन्तर्राष्ट्रिय कूटनीतिमा पनि साम्राज्यवाद र विस्तारवादसँग आँखामा आँखा जुधाएर, नेपालको हितमा सन्तुलन कायम गर्न सक्ने क्षमतायुक्त नेता आज नेपालमा क. प्रचण्डबाहेक अरू देखिँदैनन्। गौतम बुद्धपछि नेपाललाई विश्वमा चिनाउने नाम यदि कसैको छ भने, त्यो जनयुद्धका सर्वोच्च कमाण्डर क. प्रचण्डकै हो।

क्षेत्र होइन, भूमिका

क. प्रचण्डको निर्वाचन क्षेत्रबारे हुने बहस सतही र दिशाहीन छ। उहाँलाई एउटा क्षेत्रमा सीमित गर्न खोज्नु भनेकै राष्ट्रिय नेतृत्वलाई संकुचित बनाउने प्रयास हो। राष्ट्रिय स्तरको नेता जहाँबाट उठे पनि जनताको विश्वास जित्न सक्नुपर्छ—र क. प्रचण्डले त्यो क्षमता पटक–पटक प्रमाणित गरिसक्नुभएको छ।

अब आवश्यकता छ—उहाँलाई राष्ट्रनायकको भूमिकामा अझ मजबुत बनाउने, उहाँका विचार र अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने, विभाजित क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्ने र विरोधी प्रचारको दृढतापूर्वक सामना गर्ने।

आन्तरिक रूपमा आलोचना र सुझाव राखौँ, तर बाहिर नेतृत्वको रक्षा गरौँ। अटुट विश्वासका साथ पार्टी निर्माण, निर्वाचन र संघर्षमा जुटौँ। जनताको जित सुनिश्चित छ। नेकपाको जित सुनिश्चित छ। नेपाल कुनै विदेशी शक्ति खेल्ने मैदान होइन—यो नेपाली जनताले बनाउने समृद्ध, शान्त र न्यायपूर्ण देश हो। त्यो लक्ष्य नेकपाको नेतृत्वमा हामी पूरा गरेरै छाड्नेछौँ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा ‘बिश्वकर्मा भलिबल कप–२०२६’ हुँदै, विजेतालाई २२ लाख वन पुरस्कार

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...

गर्मीको चापसँगै मधेसमा विद्युत् संकट गहिरिँदै, उपभोक्तामा आक्रोश बढ्दो

जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...

फिफा विश्वकप २०२६ : पानामालाई १–० ले हराउँदै घानाको महत्वपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending