Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएनन्

खबरडबली संवाददाता

धनगढी। कमलरी मुक्ति भएको १२ वर्ष पुगे पनि अझैसम्म तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन् । 

तथ्याङ्क अद्यावधिक नभएको र पुनस्र्थापनासम्बन्धी कार्यविधि नबनेका कारणले छुट मुक्त कमलरीले अझैसम्म परिचयपत्र पाउन नसकेका हुन् । मुक्त कमलरी विकास मञ्चका अनुसार तीन हजार २७९ मुक्त कमलरी छुट भएका छन् । 

कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा १२ हजार ७६९ जना मुक्त कमलरी रहेका मञ्चले जनाएको छ । जसमध्ये नौ हजार ४९० जनाको तथ्याङ्क सरकारले अद्यावधिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्कअनुसार हालसम्म २६ जना मुक्त कमलरी चारवटा होस्टेलमा बसेको जनाइएको छ । 

त्यस्तै, कैलालीका तीन, बर्दिया र दाङका दुई–दुई जना गरी सात जना मुक्त कमलरीको मालिकको घरमा मृत्यु भएको मञ्चले जानकारी दिएको छ । त्यस्तै, मालिकद्वारा १३ जना कमलरीमाथि बलात्कार भएको जनाइएको छ । हाल कैलालीमा ४२ र लुम्बिनी प्रदेशमा ८५ जना मुक्त कमलरीले स्नातक तथा स्नातकोत्तर अध्ययन गरिरहेका मञ्चका निवर्तमान अध्यक्ष हिरा चौधरीले जानकारी दिए। 

मुक्त कमलरीले देशव्यापी आन्दोलन थालेपछि सरकारले २०७० असार १३ गते १० बुँदे सम्झौता गर्दै कमलरी मुक्तिको घोषणा गरेको थियो । सरकार र मुक्त कमलरीबिच भएको १० बुँदे सहमति कार्यान्वयन नहुँदा मुक्तिको १२ वर्षसम्म पनि मुक्त धेरै मुक्त कमलरीले परिचयपत्र पाउन सकेका छैनन् । 

हालसम्म कार्यविधि नबन्नू, विवाहपछि मुक्त कमलरीको आफै पुनस्र्थापना हुन्छ भन्ने पितृसत्तात्मक सोंच, मुक्त कमैयाको पुनस्र्थापना भए मुक्त कमलरीको स्व:त पुनस्र्थापना हुन्छ भन्ने भनाइजस्ता कारणले मुक्त कमलरीको पुनस्र्थापनाको सवालमा ठोस काम हुन नसकेको सरोकारवालाको भनाइ छ । 

आफूहरुको पुनस्र्थापना लगायत थुप्रै सवाल रहेको उल्लेख गर्दै मुक्त कमलरी विकास मञ्च कञ्चनपुरका अध्यक्ष सीता डङ्गौराले नर्देशिका संशोधन र कार्यविधि चाँडै पास गरेर मुक्त कमलरीले पाउनु पर्ने सेवा सुविधा राज्यले चाँडै दिन आवश्यक रहेको उल्लेख गरे । उनले मुक्तिको १२ वर्ष हुँदासम्म परिचयपत्रसमेत पाउन नसकिएको गुनासो गरे। 

स्थानीय तहलाई ठोस निर्देशन नआउँदा मुक्त कमलरी पुनस्र्थापनामा अन्योल देखिएको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले बताए । “संघीय सरकार मातहत रहेका कार्यालयहरुले स्थानीय तहमा डकुमेन्ट पठाइ दिएनन्” उनले भने, “अर्थ मन्त्रालयले स्वीकृति नदिँदा संघीय सरकारले पनि कार्यविधि पास गरेन ।” 

सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाइ सके पनि सम्बन्धित स्थानीय तहहरुले कार्यविधि नबनाउँदासम्म मुक्त कमलरीको सवाल सम्बोधन हुन नसक्ने अध्यक्ष चौधरीको भनाइ छ । 

भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख प्रेम दौल्यालले सङ्घको कार्यविधि पास नहुँदासम्म नयाँलाई परिचयपत्र दिन नसकिने उल्लेख गरे। उनले सुदूरपश्चिम प्रदेशको हकमा प्रदेश सरकारले बनाएको कार्यविधिअनुसार अगाडि बढ्ने बताए। 

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले मुक्तिको रुपमात्रै परिवर्तन भएको तर मुक्त कमलरीको अवस्था परिवर्तन नभएको बताए । उनले काउनडाउन सुरु गरेर अगाडि बढ्न मुक्त कमलरीलाई आग्रह गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सुरक्षलाई भरपर्दो र बलियो बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...

गैरीगाउँमा भीषण आगलागी, काठमाडौँ र ललितपुरका दमकल परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...

हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँन उपराष्ट्रपतिको अपिल

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...

काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी

काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...

वीरगञ्जमा दुई समुदायबीचको विवाद सुल्झियो, ४ बजे सद्भाव र्‍याली निकाल्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यक: राम कार्की

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...

बालेन शाहले बुझाए आयोगलाई लिखित जवाफ

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending