काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगबाट आएका ४ टोली गरी जम्मा १७ टोलीको सहभागिता रहनेछ। सिंगल राउण्ड रोविन प्रणालीअनुसार खेलाइने लिगमा कुल १३६ खेल हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्। सोही दिन श्री भगवती क्लब र चर्च ब्वाइज क्लब बीच पनि खेल हुनेछ। यी दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुनेछ।
यस्तै, माघ २ गते शुक्रबार दशरथ रंगशालामा हुने मच्छिन्द्र क्लब र एनआरटी खेलअघि चर्चित गायक सज्जनराज वैद्य ले भव्य सांगीतिक प्रस्तुति दिनेछन्। वैद्य युवामाझ अत्यधिक लोकप्रिय गायक हुन् र उनको प्रस्तुति सँगै नेसनल लिग २०८२को ग्रान्ड ओपनिङ हुने छ।
एन्फाले हालसम्म ४८ खेलको मिति र खेलस्थल तोकेको छ भने ६४ खेलको मिति पनि निश्चित गरेको छ। बाँकी ७२ खेलको मिति अझै तय हुन बाँकी छ।
राष्ट्रिय लिगका खेलहरू उपत्यकाका तीन मैदान—दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स—मा आयोजना हुनेछन्। विजेताले नगद ५० लाख पुरस्कार पाउनेछन्।
यस वर्षको लिग एमएसन भिडियो एप मार्फत लाइभ स्ट्रिम हुनेछ। नेपालमा तीन महिनासम्मको सदस्यता ८९९ रुपैयाँ, विदेशमा १५ डलर तय गरिएको छ। यो एपमा हालका सुपरहिट नेपाली चलचित्रहरू पनि उपलब्ध छन् र टिभीमा डाउनलोड गरेर सजिलै हेर्न सकिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’
पौष २८ गते, २०८२ - १९:१६
देउवा पक्ष भन्छ– ‘विशेष महाधिवेशन वैधानिक छैन, नयाँ नेतृत्व चयन असंवैधानिक’
पौष २८ गते, २०८२ - १९:०२
पोखरा । पोखराको फोहोरमैला व्यवस्थापनलाई लिएर पोखरा–३३ मा विवाद उग्र भएको छ। स्थानीयबासीले महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण तथा निजी कम्पनी...
पौष २८ गते, २०८२ - १८:५७
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिन थप लम्बिने भएको छ। मंगलबारसम्म चल्ने तय भएको महाधिवेशनमा दुई महामन्त्री गगनकुमार थापा र वि...
पौष २८ गते, २०८२ - १८:४९
काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...




प्रतिकृया लेख्नुहोस्: