एटलान्टा। अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।
दक्षिण क्यारोलिनाको न्युएबरी इलेक्ट्रिक कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत किथ एभरीले आवश्यक जनशक्ति र उपकरण तैनाथ गर्न टोलीसँग समन्वय गरिरहेको बताए। एभरीका अनुसार सन् २०२४ मा १४ हजार ग्राहकलाई प्रभावित पारेको थियो, तर यस पटकको आँधी अझै खतरनाक हुन सक्ने उनको चिन्ता छ । “मलाई बरफे आँधी सबैभन्दा डर लाग्छ,” एभरीले भने।
अधिकारीले वर्षाका कारण विद्युत प्रणालीमा गम्भीर असर पर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । दक्षिणी राज्यमा विद्युत अवरुद्ध हुनु भनेको केवल बत्ती निभ्नु मात्र नभई घर तताउने सुविधा नै बन्द हुनु हो । अमेरिकी जनगणना ब्युरोका अनुसार अलाबामा, जर्जिया, टेक्सास, टेनेसी, क्यारोलिनाका राज्य लगायत धेरै क्षेत्रमा अधिकांश घर विद्युतबाट नै तताइन्छन् ।
टेक्सासको सन् २०२१ को सङ्कटबाट सिकाइ
सन् २०२१ मा आएको विन्टर स्टर्म ‘युरी’ ले टेक्सासको विद्युत प्रणाली पाँच दिनसम्म ध्वस्त पारेको थियो, जसका कारण २४६ जनाको ज्यान गएको थियो । विशेषज्ञका अनुसार उक्त सङ्कट मुख्यत: विद्युत केन्द्र र प्राकृतिक ग्यास प्रणालीलाई चिसो मौसम अनुकूल नबनाइएकाले भएको थियो ।
ग्रिडरेभेन नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज रुटेले युरीबाट धेरै पाठ सिकिएको भए पनि अत्यधिक चिसोका बेला ट्रान्समिसन लाइनमा समस्या देखिन सक्ने चेतावनी दिएको छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको विद्युत ग्रिड अहिले पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि बरफले तारमा भार बढ्दा र रुख ढल्दा स्थानीय रूपमा विद्युत अवरोध हुन सक्ने स्वीकार गरेका छन् ।
कमजोर समुदाय बढी प्रभावित
विशेषज्ञका अनुसार विद्युत अवरोधले सामाजिक असमानता पनि उजागर गर्छ । अध्ययन अनुसार हिस्पानिक समुदायमा बढी विद्युत अवरोध देखिएको छ भने अश्वेत समुदायमा लामो समयसम्म विद्युत नआउने समस्या बढी देखिएको छ । विद्युत बन्द हुँदा चिकित्सकीय उपकरण प्रयोग गर्ने, शिशु स्याहार गर्ने तथा न्यून आय भएका परिवार झनै जोखिममा पर्छन् ।
न्युयोर्क सिटी युनिभर्सिटीकी समाजशास्त्री जेनिफर लर्डका अनुसार करिब छ जनामध्ये एक अमेरिकी परिवार पहिल्यै ऊर्जा बिल तिर्न ढिला गरिरहेको अवस्थामा थप चिसोले आर्थिक बोझ अझै बढ्न सक्छ । “आँधी सकिएको एक-दुई महिनापछि ठूलो बिल आउँछ, जसले धेरै परिवारलाई विद्युत विच्छेदको जोखिममा पुर्याउँछ,” उनले भने।
विद्युत कम्पनी सतर्क
दक्षिणपूर्वी अमेरिकाका विद्युत सेवा प्रदायकले सम्भावित लामो समयसम्मको विद्युत अवरोधका लागि तयारी गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ड्यूक एनर्जीले उत्तर र दक्षिण क्यारोलिनामा लाखौं ग्राहकलाई सेवा दिने भन्दै हजारौं कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ । त्यसै गरी, टेनेसी भ्याली अथोरिटीले विगतका अनुभवबाट सिकेर सयौं मिलियन डलर लगानी गरी विद्युत प्रणालीलाई चिसो मौसम अनुकूल बनाइएको दाबी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १७:०८
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...
माघ ११ गते, २०८२ - १६:५७
काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...
माघ ११ गते, २०८२ - १६:४७
विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो
माघ ११ गते, २०८२ - १६:३७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...
माघ ११ गते, २०८२ - १६:२९
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...
माघ ११ गते, २०८२ - १६:१७
मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...
माघ ११ गते, २०८२ - १६:०७
मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...
माघ ११ गते, २०८२ - १५:४९
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...
माघ ११ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...
माघ ११ गते, २०८२ - १५:१७
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...




प्रतिकृया लेख्नुहोस्: