Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

बालेन शाहले मधेशी श्रमिक र फुटपाथ व्यवसायीलाई काठमाडौंबाट लखेटे: प्रभु साह

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्यापारी र निमुखा समुदायमाथि दमन गरेको आरोप लगाएका छन्।

आजपा बागमती प्रदेश कमिटीद्वारा आयोजित निर्वाचन परिचालन समितिको बैठकमा साहले मेयर हुँदा बालेन शाहले तरकारी–फलफूल बेच्नेहरूको साइकल खोस्ने, कवाडी व्यवसायीलाई उठीबास लगाउने र फुटपाथमा व्यवसाय गर्ने गरिब महिलालाई खेद्ने काम गरेको बताए।

साहले उखु किसान र मिटरब्याज पीडितहरूले न्याय माग्दा समेत बालेन शाहले कुनै सहयोग नगरेको दाबी गरे। उनले छठ पर्वको लागि घाट निर्माणमा समेत रोक लगाएको आरोप लगाए।

साहले बालेन शाहलाई “जेनजी आन्दोलन हाईज्याक गर्ने पात्र” र “खोपीको देउता बनेर बस्ने” व्यक्ति भन्दै जनतासँग सम्बन्ध नै कायम गर्न नसकेको टिप्पणी पनि गरे।

यसै कार्यक्रममा साहले केपी ओली, आरजु राणा र रमेश लेखकमाथि पनि जेनजी आन्दोलन दमनकारी भएको आरोप लगाए। कार्यक्रममा आजपा नेता धनकुमारी थापा, जनादेश पार्टी अध्यक्ष रमण कर्ण, आजपा सहअध्यक्ष तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषि धमला र उपाध्यक्ष एलिजा गौतम उपस्थित थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जा कारागारमा नेपाली सेनाको सुरक्षा

स्याङ्जा। फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यहाँको ...

कार्यसम्पादन मूल्याङ्कनमा हिमाली पहिलो

बाजुरा। स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वि...

पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन - गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...

नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...

नयाँ पार्टी र नेतृत्व खोज्नेका लागि कांग्रेस नै विकल्प : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् ।  सर्...

नयाँ अध्यागमन विधेयक तर्जुमाको चरणमा : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु: पृथ्वीसुब्बा गुरुङ

लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...

एक सय २६ मतदाता शिक्षा स्वयम् सेवक खटिदैँ

कैलाली । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् ...

जसपाको चुनावी घोषणापत्र सार्वजनिक, शिशु कक्षादेखि उच्च कक्षासम्म नि:शुल्क शिक्षा दिने प्रतिबद्धता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE