काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेले दिएको १३० रनको लक्ष्य ३ बल बाँकी छँदा पूरा गर्यो।
नेपालका लागि पूजा महतो सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्मा ले २२ रन थपिन्।
जिम्बाबेले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। जिम्बाबेको लागि केलिस धलोभु अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजा ले ३४ र मोडेस्टर मुपाचिवा ले १४ रन बनाइन्।
नेपालको बलिङमा रिया शर्मा ले २ विकेट लिइन्। कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्री ले १–१ विकेट लिए।
नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ। उक्त खेलमा पनि जीत आवश्यक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८२ - ११:२९
स्याङ्जा। फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यहाँको ...
फाल्गुन २ गते, २०८२ - ११:१८
बाजुरा। स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वि...
फाल्गुन २ गते, २०८२ - ११:०९
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्...
फाल्गुन १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...
फाल्गुन १ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...
फाल्गुन १ गते, २०८२ - १६:३५
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् । सर्...
फाल्गुन १ गते, २०८२ - १६:२४
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...
फाल्गुन १ गते, २०८२ - १६:०८
लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...
फाल्गुन १ गते, २०८२ - १५:४०
कैलाली । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् ...
फाल्गुन १ गते, २०८२ - १५:२५
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...



प्रतिकृया लेख्नुहोस्: