Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षा मन्त्री पौडेल

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुगेको छन् । यसअघि बागलुङबाट पटक–पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाएका पौडेल यसपटक पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। २ बाट चुनावी मैदानमा उत्रिएको हो ।

फेरिएको कार्यक्षेत्र, उही विकासको सङ्कल्प
लामो समय बागलुङको राजनीतिमा सक्रिय पौडेलले यसपटक पश्चिम नवलपरासीलाई आफ्नो राजनीतिक र सामाजिक कर्मथलो बनाउने निर्णय गरेको छन् । उनले विगत १५ वर्षदेखि सुनवल नगरपालिकाको वडा न।११, जर्गाहमा आफ्नै कृषि फार्म सञ्चालन गर्दै आएको छन् । केवल राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै कृषि क्रान्तिको वकालत गर्ने पौडेल अब यसै जिल्लामा बसोबास गरी स्थानीयवासीसँगै सुख–दु:खमा साथ रहने योजनामा छन्। १० वर्षे जनयुद्धमा समेत यस अवधक्षेत्रको इन्चार्जको रुपमा रहेर जिम्मेवारी लिएका पौडेल नवलपरासी पश्चिमको चुनावी भूगोलका लागि स्पष्ट जानकार छन्।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान
पौडेल शिक्षामन्त्री हुँदा देशैभरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा काम गरे।  विशेषगरी पश्चिम नवलपरासी क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरूको भवन निर्माण, प्रयोगशाला र प्रविधिमैत्री शिक्षाका लागि उनले पुर्‍याएको योगदानलाई स्थानीय स्तरमा निकै महत्त्वका साथ हेरिएको छ । सोही अनुभवलाई उनले अहिले आफ्नो चुनावी पुँजीको रूपमा समेत अघि सारेको छन् ।

मुख्य चुनावी एजेण्डा: भौतिक पूर्वाधार र समृद्धि
यस पटकको निर्वाचनमा पौडेलले “फरक शैली र नयाँ सोच’’ लाई प्राथमिकता दिएको छन् । उनका मुख्य एजेण्डाहरूमा भौतिक पूर्वाधार: जिल्लाका सडक, ढल, र सिँचाइ आयोजनाहरूको गुरुयोजना बनाई कार्यान्वयन गर्ने, कृषि आधुनिकीकरण: जगार्हमा सञ्चालित आफ्नै मोडेलको कृषि फार्म जस्तै देशभर व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने, शिक्षा र स्वास्थ्य: सामुदायिक विद्यालयहरूको स्तरोन्नति र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने र स्थानीय रोजगारी: उद्योग र कृषिलाई जोडेर स्थानीय युवाहरूलाई जिल्लामै स्वरोजगार बनाउने रहेका छन् ।

जनअनुमोदित हुने विश्वास
“राजनीति केवल पदका लागि होइन, जनताको जीवनस्तर बदल्नका लागि हुनुपर्छ । म नवलपरासीको माटोमा पसिना बगाइरहेको छु र यहीँको विकासका लागि समर्पित हुनेछु ।’’ देवेन्द्र पौडेलको भनाइ छ ।

नयाँ निर्वाचन क्षेत्र भए तापनि लामो समयदेखि यसै क्षेत्रमा कृषि कर्ममार्फत स्थानीयसँग जोडिनुभएकाले पौडेल आफूलाई ‘पाहुना उम्मेदवार’ नभई ‘घरदैलोको साथी’ का रूपमा प्रस्तुत गरिरहेको छन्। राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व र विकासप्रेमी नेताको छवि भएका कारण उनी यसपटक नवलपरासी–२ का जनताबाट अनुमोदित हुनेमा विश्वस्त देखिन्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending