Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

भारी हिमपातले रुकुम पूर्वमा दर्जनौँ सवारीसाधन अलपत्र, डोल्पा जाँदै गरेका यात्रु संकटमा

खबरडबली संवाददाता

डोल्पा । काठमाडौंबाट डोल्पातर्फ आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको बाग्लुङ खण्डमा परेको हिमपातले दर्जनौँ बस तथा सवारीसाधन रोकिएका हुन्।

डोल्पा आउँदै गरेका यात्रु मुकुन्द पौडेलका अनुसार अत्यधिक हिमपातका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौँदेखि बीच बाटोमै रोकिएका छन्। कडा चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ भने केही यात्रुको स्वास्थ्य अवस्थामा समेत समस्या देखिन थालेको छ।

फोनमार्फत जानकारी दिँदै पौडेलले भने, “हामी दुईवटा साना पसलमा आगो तापेर बसेका छौँ। तर एक जना अशक्त नागरिक भने गाडीमै हुनुहुन्छ, खानपिनको कुनै व्यवस्था छैन। उहाँको अवस्था निकै नाजुक छ।”

हिमपातमा फसेका यात्रुहरूले घण्टौँ बितिसक्दा पनि उद्धारका लागि सम्बन्धित निकायबाट कुनै पहल नभएको गुनासो गरेका छन्। उनीहरूले तत्काल उद्धार, खाना, न्यानो कपडा तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन्।

हिमपातमा अलपत्र परेका अधिकांश यात्रुहरू डोल्पाका बासिन्दा रहेको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनला...

सल्यानमा निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवारको प्रतिबद्धता

सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारव...

बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...

अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...

सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...

भारी हिमपातले रुकुम पूर्वमा दर्जनौँ सवारीसाधन अलपत्र, डोल्पा जाँदै गरेका यात्रु संकटमा

डोल्पा । काठमाडौंबाट डोल्पातर्फ आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको बाग्लुङ...

दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी ...

बालेन शाह आज बझाङ, बाजुरा र अछाममा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा ‘घण्टी’ अ...

मुस्ताङमा थोरै मतदाता, कसिलो प्रतिस्पर्धा

मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार ...

मुलपानीमा राति लुटपाट गर्ने १० जना प्रहरीको गोली प्रहारपछि पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा रातिको समयमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई पछ्याएर गहन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending