Khabar Dabali ४ जेष्ठ २०७९ बुधबार | 18th May, 2022 Wed
Life insurence

नाकाबन्दीका कारण कारोबार न्यून

चितवन । अघोषित नाकाबन्दीका कारण यहॉको दैनिक कारोबारमा आधाले कमी आएको छ । दैनिक २५ करोड रुपैयाँको हाराहारीमा कारोबार हुने चितवनमा अहिले आधाभन्दा कम मात्रै कारोबार भएको छ । इन्धनको अभावमा बजार क्षेत्रमा चहलपहल घटेको छ भने आवश्यक सामग्री आयात हुन नसक्दा सबै क्षेत्रमा यसको प्रभाव देखिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशीले दैनिक २५ करोड रुपैयाँ हाराहारीको कारोबार हुने चितवनको बजारमा अहिले ५० प्रतिशतभन्दा कम मात्र कारोबार भएको बताए । यहाँ सबैभन्दा बढी आठ करोड रुपैयाँको हाराहारीमा पक्षीजन्य पदार्थको कारोबार हुने उहॉले बताउनुभयो । उहाँका अनुसार एक करोड ५० लाख रुपैयाँको बराबरको फलपूmल तथा तरकारी र एक करोड रुपैयाँ बराबरको डेरी पदार्थको उत्पादन र बिक्री वितरण हुने गरेको छ । नाकाबन्दीका कारण सबैभन्दा बढी पोल्ट्री क्षेत्र प्रभावित भएको देखिएको छ । कारोबार घटेर उपभोक्ताको क्रयशक्तिसमेत कमजोर बन्दै जाँदा अन्य क्षेत्रमा पनि प्रभाव परेको छ । चितवन र छिमेकी जिल्लाका ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता नारायणगढ आउने भएपनि इन्धनको अभावमा आउन सकेका छैनन् । यातायात सेवा अबरुद्ध भएर यहाँका अस्पताल सुनसान छन् भने बजारका पसलमा पनि उपभोक्ता कमै मात्रामा देखिन थालेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहनुभएका लोकमान एण्ड सन्स नारायणगढका सञ्चालक ज्ञानेन्द्रमान शाक्य ९० प्रतिशत कारोबार घटेको बताउनुहुन्छ । दैनिक पाँच किलोको हाराहारीमा सुन बिक्री हुने चितवनमा अहिले आधा किलोको हाराहारी मात्रै सुन बिक्री हुने गरेको उनको भनाइ छ । त्यसैगरी, चाडवाडको मुखमा आइपुग्दासमेत लत्ताकपडाको अभाव बजारमा देखिन थालेको छ । सामान भित्र्याउने बेलामा नाकाबन्दी हुँदा उपभोक्ताले खोजेका सामग्रीसमेत पाउन सकेका छैनन् । फेन्सी व्यवसायी सङ्घ नारायणगढका अध्यक्ष हेमराज पौडेल पहिलेको तुलनामा २० प्रतिशत पनि व्यापार नभएको बताए । सङ्घ अन्तरगत ५५० व्यवसायी छन् । दैनिक एक करोड रुपैंयाँभन्दा बढीको कारोबार गर्दै आएको यो व्यवसाय खस्केर अहिले २० लाखको हाराहारीम झरेको छ । रासस
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji