खोटाङ। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ।
शव नेपाल ल्याउने सम्भावना नभएपछि खोटाङका एकै घरका दाजुभाइ सहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो।
माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्सस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिए। पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्।
तीनवटै शव नेपाल ल्याउन ठूलो खर्च लाग्ने भएकाले मेघालयमै दाहसंस्कार गरिएको मृतकका आफन्तले बताएका छन्। शव नेपाल ल्याउन सरकारी तहबाट सहयोग नपाएको उनीहरूको गुनासो छ।
कोइलाखानीभित्र भएको डाइनामाइट विस्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै तथा नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो। विस्फोटमा बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएको छन् । बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल रहेका छन्। विस्फोटमा दर्जनौँ कामदार खानीभित्र फसेको अनुमान गरिएको छ।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको शव पनि भेटिएको छ। सुरुमा शव नभेटिए पनि केही दिनपछि शव फेला परेपछि गाउँमा काजकिरिया सुरु गरिएको स्थानीयले बताएका छन्। राईको अन्त्येष्टि भने अझै गरिएको छैन। शव उतै अन्त्येष्टि गर्ने वा गाउँ ल्याउने विषयमा आफन्तबिच छलफल भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - १२:३९
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खसेको छ। दुर्घटना...
माघ २८ गते, २०८२ - १२:३३
सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रतिको जनविश्वासलाई भोटमा बदल्न आग्रह गरेका छन्। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्...
माघ २८ गते, २०८२ - ११:३७
महोत्तरी। महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै छन्। सभापति थापा महोत...
माघ २८ गते, २०८२ - ११:२७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालकै सबैभन्दा नयाँ राजनीतिक दल भएको दाबी गरेका छन्। ...
माघ २८ गते, २०८२ - ११:१०
खोटाङ। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ। ...
माघ २८ गते, २०८२ - १०:५७
पर्सा। जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार ...
माघ २८ गते, २०८२ - १०:४९
ढल्केबर। धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्क घातका कारण उनको निधन भएको बताइएको छ । गत बिहीबार राति उनला...
माघ २८ गते, २०८२ - १०:४१
बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात ...
माघ २७ गते, २०८२ - १७:१२
बालेन काठमाडौंमा चुनाव जित्ने अवस्था नभएपछि झापा आए
माघ २७ गते, २०८२ - १७:०७
नारायणगढ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताएको छन् । कांग्रेस चितवन...



प्रतिकृया लेख्नुहोस्: