Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्दैन : राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण र अख्तियार दुरुपयोगको अन्त्य नै जनअपेक्षाअनुसारको विकास र समृद्धिको अनिवार्य सर्त भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गराउँदै यसको मूल उद्देश्य सहज सेवा प्रवाह, सुशासन र समृद्धि रहेको बताए। उनले संविधानले परिकल्पना गरेको अभिष्ट पूरा गर्न सबै पक्षले जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने धारणा राखे।

“भर्खरै युवा पुस्ताले संघर्षमार्फत आफ्ना चाहना प्रकट गरेका छन्, यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ,” उनले भने।

राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको साझा चाहना भएको उल्लेख गर्दै जनअपेक्षाअनुसारको परिणाम दिन भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको बताए।

उनका अनुसार अख्तियार दुरुपयोग केवल कानुन उल्लंघन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गहिरो आघात हो। यसले राज्य र नागरिकबीचको भरोसामा चोट पुर्‍याउने भन्दै उनले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको उल्लेख गर्दै सत्ता, शक्ति र धनको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग हुने खतरा बढाउने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित छन् : अध्यक्ष यादव

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्थ...

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चु...

प्रतिनिधिसभा निर्वाचन: एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएक...

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए

अख्तियारका आयुक्त राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको थिए

ग्यास अभावको गुनासोपछि टेकुबाटै एलपीजी बिक्री सुरु, कुन - कुन ग्यास पाइन्छ ?

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष बिक्री व...

काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा काम गर्ने एक जना मजदुरको मृत्यु

हेटौँडा। मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्रयाक० मा खाडल खन्ने क्रममा एकजना मजदुरको मृत्य...

सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्दैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग...

झापामा घरको सिढीबाट लडेर एकको मृत्यु

बिर्तामोड। झापाको कमल गाउँपालिका ७ ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ । झापा बाह्रदशी घर...

तोलामा ११ सयले बढ्यो बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख...

कानून विपरीत राजश्व छुट दिने विकृति बढ्दो : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमि तथा राजश्व प्रशासनमा बढ्दो विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE