कपिलवस्तु। कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक संकलन गरिएको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले संकलन गरी सुरक्षित राखेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गत माघ ५ गते हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाको कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले इजाजतप्राप्त हातहतियार सम्बन्धित धनीहरूको घरदैलोमै पुगेर बुझिलिएको हो । संकलित हतियार अहिले जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गराउन हातहतियार संकलन गरिएको बताए। उनले भने, “निर्वाचन अवधिभर कुनै पनि किसिमको डर, त्रास वा अवाञ्छित गतिविधि हुन नदिन इजाजतप्राप्त हातहतियार अस्थायी रूपमा प्रहरीको नियन्त्रणमा लिइएको हो । निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम सम्बन्धित धनीहरूलाई नै फिर्ता गरिनेछ ।”
प्रशासनले प्रत्येक निर्वाचनका समयमा यस्तै प्रकृतिका सावधानीमूलक व्यवस्था गर्दै आएको र यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १०:५१
पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...
बैशाख ६ गते, २०८३ - १०:३७
विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...
बैशाख ६ गते, २०८३ - १०:२६
तनहुँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्ले...
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...


प्रतिकृया लेख्नुहोस्: