Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मुस्ताङको कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

\"mustang\"पर्वत । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् । वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिए । तत्काल नाका सञ्चालनका लागि उहाँहरु ९तिब्बती अधिकारी० इच्छुक देखिनुभयो ’ सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भने – ‘त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने  राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ ’  नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन । कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ । उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताए । अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो । कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो । नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए । सडकको पहुँचसमेत पुगेको र भत्केको सडक मर्मतका लागि मुस्ताङमा सुरक्षाकर्मी र स्थानीयवासी समेत कुटोकोदालो बोकेर लाग्न तयार भएर बसेको प्रजिअ बरालले बताए । ‘सबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रोतर्फबाट पहल भइरहेको छ – ‘ दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ’ उनले भने –‘चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ ’ अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ । नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ ।  भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उनले बताए । विसं ०६२÷६३ अघिसम्म यो नाका खुला थियो । दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे । तर, त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताए ।  चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको धार्मिक दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ  । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending