काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १५ दिनका लागि निर्वाचन प्रचार–प्रसारको समय तोकेको छ। आयोगले फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन आचारसंहिताको पालना गर्दै दल र उम्मेदवारहरूलाई प्रचार–प्रसार गर्न अनुमति दिएको हो।
२०८२ फागुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि सुरु हुने यो प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
उनका अनुसार प्रचार–प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालालाई सचेत गराएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा तथा अन्य प्रचार कार्यक्रम सञ्चालन गर्न पाउने छन्। त्यसपछि ‘मौन अवधि’ सुरु हुनेछ। मौन अवधिमा कुनै पनि किसिमका चुनावी गतिविधि, छलफल वा गोप्य प्रचारसमेत गर्न निषेध गरिएको छ।
राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापनलगायतका खर्चको विवरण उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ। साथै नेपाल सरकार, प्रदेश सरकार तथा मन्त्रीहरूले निर्वाचन प्रचार–प्रसारमा संलग्न हुँदा सरकारी स्रोत–साधनको प्रयोग गर्न पाउने छैनन्।
यसको कडा निगरानीका लागि केन्द्रीय तथा जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको आयोगले जनाएको छ।
आयोगका अनुसार अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र आयोगमा पेस गरिसकेका छन्। आइतबार रातिसम्म समयसीमा तोकिएको र केही दल अझै प्रक्रियामा रहेको जानकारी दिइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको पनि आयोगले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: