Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रुकुम पूर्वमा प्रचण्डको जनभेटघाट: ‘बन्दुक होइन, अब विकासको एजेन्डा’

खबरडबली संवाददाता

रुकुम पूर्व । पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताए। उनले भने, “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक म विकासका लागि तपाईंहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु। मत दिएर विजयी गराउनुहोला।”

उनले स्वाधीन र समृद्ध नेपाल निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए। “म स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि स्पष्ट भिजनसहित आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ,” उनले भने।

कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: