काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको बताएको छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै काम सम्पन्न नहुने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीको सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको बताए।
मन्त्री श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीका कारण विकासको लागत बढिरहेको छ । जुन मूल्यमा काम सम्पन्न भइसक्नुपर्ने थियो, त्यसमा ढिलाइ हुँदा अहिले लागत झन् बढ्दै गएको उनको भनाइ छ ।
विशेषगरी जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी पनि महँगो हुँदै गएमा एक बिन्दुमा पुगेर यसको सान्दर्भिकतामाथि ठुलो बहस हुने अवस्था आउन सक्ने उहाँले उल्लेख गरे।
बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलताहरू औँल्याउँदै बिचमै ठेक्का रद्द हुने र काम रोक्ने अवस्थाले अन्योल सिर्जना गरेको बताए । यस्ता कानुनी तथा प्रक्रियागत “लुपहोल्स” बन्द गर्न बजेटपछि गहन छलफल आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, “हामीले धेरै नै इन्फ्लेसन ९मुद्रास्फीति० को कुरा गर्यौँ, मूल्यवृद्धिको कुरा गर्यौँ । बाह्य कारणसँगै समय लाग्ने प्रक्रियाका कारण हाम्रो विकास निर्माण ढिलो मात्र होइन, महँगो पनि भइरहेको छ । जुन काम पहिले नै सम्पन्न हुनुपर्ने थियो, ढिलाइका कारण लागत बढ्दै गएको छ । हाइड्रोपावरको कुरा गर्दा निजी क्षेत्रको लगानी समयमै सम्पन्न नहुँदा यसको सान्दर्भिकतामाथि भविष्यमा प्रश्न उठ्न सक्छ । तर अहिले पनि समय छ । ठेक्का रद्द हुने, बिचमा रोक्ने जस्ता प्रक्रियागत समस्याले ठुलो अन्योल सिर्जना गरेको छ । त्यसैले यस्ता कमजोरी कसरी हटाउने भन्ने विषयमा बजेटपछि गम्भीर छलफल आवश्यक छ । यसले वैदेशिक लगानी र निजी क्षेत्रको लगानीमा पनि असर गर्छ ।”
मन्त्री श्रेष्ठले विकास निर्माण कार्यलाई गुणस्तरीय बनाउन पूर्वाधार समितिलाई सक्रिय अनुगमन गर्न पनि आग्रह गरे। समितिले योजनाको अनुगमन गर्ने प्रणाली विकास गरे काममा जिम्मेवारी बढ्ने र जवाफदेहिता सुनिश्चित हुने उनको धारणा थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १०:३७
काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...
आषाढ़ ५ गते, २०८३ - १०:२५
इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...
आषाढ़ ५ गते, २०८३ - १०:१५
हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...
आषाढ़ ४ गते, २०८३ - १८:२४
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...
आषाढ़ ४ गते, २०८३ - १८:०१
आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ
आषाढ़ ४ गते, २०८३ - १७:४५
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...
आषाढ़ ४ गते, २०८३ - १७:३३
काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...
आषाढ़ ४ गते, २०८३ - १७:२३
काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...
आषाढ़ ४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...
आषाढ़ ४ गते, २०८३ - १६:५९
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...



प्रतिकृया लेख्नुहोस्: