पश्चिम नवलपरासी। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी कडा बनाएपछि पश्चिम नवलपरासीमा हुने अवैध कारोबार क्रमश: निरुत्साहित हुन थालेको छ । विशेष सूचना र चुस्त सुरक्षा रणनीतिका कारण सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा सुरक्षा निकायले सफलता हासिल गर्दै आएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीका अनुसार सीमा क्षेत्रमा सम्भावित अवैध गतिविधिको निगरानीका लागि विशेष सूचना संयन्त्र परिचालन गरिएको छ ।
उनले भने, “हामीले सीमा सुरक्षा र अवैध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेका छौँ । स्थानीय स्तरमा प्राप्त हुने सुराकी र टोलीहरूको २४ सै घण्टाको सक्रियताका कारण सीमापारिबाट अवैध रूपमा सामान भित्र्याउने प्रयासहरू असफल भइरहेका छन् । पछिल्लो बरामद यसैको परिणाम हो ।”
यसैक्रममा बिहीबार मात्रै सशस्त्र प्रहरीको संयुक्त टोलीले प्रतापपुरबाट १४ लाख रुपियाँभन्दा बढी मूल्यको अवैध खरबुजाको बीउ बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक खातीका अनुसार नं. २६ गण मुख्यालय र बिओपी गुठिप्रसौनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्मा र सशस्त्र प्रहरी निरीक्षक बद्रीनाथ देवकोटाको कमाण्डमा खटिएको संयुक्त टोलीले प्रतापपुर गाउँपालिका–५ मटरा क्षेत्रमा छापा मारेको थियो ।
स्थानीय बाबुराम पालको खाली टहरामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ४ हजार ७ सय २० किलो (११८ बोरा)अवैध खरबुजाको बीउ बरामद गरिएको हो । बरामद गरिएको उक्त बीउको अनुमानित बजार मूल्य १४ लाख १६ हजार रुपियाँ रहेको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीले देखाएको सक्रियताले सीमा क्षेत्रका अवैध कारोबारीहरूको सञ्जाल भत्किएको स्थानीय बासिन्दाहरू बताउँछन् । बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ ।
सशस्त्र प्रहरीको यस्तो कडा निगरानीले राज्यको राजस्व संकलनमा योगदान पुगेको छ भने भन्सार तिरेर वैध रूपमा व्यवसाय गर्ने स्थानीय व्यापारीहरूलाई समेत राहत मिलेको छ । सीमा क्षेत्रमा हुने यस्ता अवैध गतिविधि विरुद्धको अभियानलाई अझ आक्रामक रूपमा अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १०:३७
काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...
आषाढ़ ५ गते, २०८३ - १०:२५
इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...
आषाढ़ ५ गते, २०८३ - १०:१५
हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...
आषाढ़ ४ गते, २०८३ - १८:२४
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...
आषाढ़ ४ गते, २०८३ - १८:०१
आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ
आषाढ़ ४ गते, २०८३ - १७:४५
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...
आषाढ़ ४ गते, २०८३ - १७:३३
काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...
आषाढ़ ४ गते, २०८३ - १७:२३
काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...
आषाढ़ ४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...
आषाढ़ ४ गते, २०८३ - १६:५९
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...



प्रतिकृया लेख्नुहोस्: