Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छ: मन्त्री चौधरी

खबरडबली संवाददाता

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा रहेको उल्लेख गरेको छिन् । 

अन्तरराष्ट्रिय जैविक विविधता दिवस (मे २२) को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाइने बताइन्।

उनले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याइन्। नेपाल विसं २०५० देखि जैविक विविधता महासन्धिको पक्ष राष्ट्रका रूपमा रहँदै आएकामा हरेक वर्ष जस्तै यस वर्ष पनि विश्वव्यापी प्रभावका लागि स्थानीय पहल भन्ने नाराका साथ आज देशभर यो दिवस मनाइँदै छ ।

मन्त्री चौधरीले जैविक विविधताको विषय जलवायु परिवर्तन र प्रदूषणसँगै विश्वव्यापी तीन प्रमुख सङ्कटमध्ये एक रहेको बताउँदै यसले संरक्षणलाई प्राथमिकताको विषय बनाएको उल्लेख गरिन्।

उनले नेपालको सन्दर्भमा जैविक विविधता संरक्षणले खाद्य सुरक्षा, पानीको उपलब्धता, जलवायु सन्तुलन, माटोको उर्वरता तथा समग्र पारिस्थितिक प्रक्रियाको सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान रहेको बताइन्।

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जनाउँदै मन्त्री चौधरीले लोपोन्मुख बाघ, गैँडाजस्ता प्रमुख प्रजातिको सङ्ख्या वृद्धि, संरक्षित क्षेत्रहरूको विस्तार, सामुदायिक वन व्यवस्थापनमार्फत स्थानीय सहभागिता अभिवृद्धि तथा पारिस्थितिक प्रणाली संरक्षणलगायत सफल अभ्यासहरू यसका उदाहरणका रूपमा रहेका उल्लेख गरिन्।

“यी उपलब्धिसँगै महत्वपूर्ण चुनौतीहरू पनि विद्यमान छन् । पूर्वाधार विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु, बढ्दो मानव-वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन, कृषि, जल एवं खर्क जैविक विविधता तथा अन्य जैविक विविधताको संरक्षण, संरक्षित क्षेत्र र वनको व्यवस्थापन तथा जैविक स्रोतबाट प्राप्त हुने लाभको न्यायोचित र समतामूलक बाँडफाँट सुनिश्चित गर्नु अझै चुनौतीका रूपमा छन्”, मन्त्री चौधरीले सन्देशमा उल्लेख गरेको छिन् ।

संरक्षण, दिगो उपयोग तथा लाभको न्यायोचित बाँडफाँटलाई सन्तुलित रूपमा अघि बढाउँदै जैविक विविधतालाई विकास योजनाको केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिइन्।

महिला, आदिवासी जनजातिलगायत स्थानीय समुदाय, सरोकार भएका निकाय तथा नागरिक समाजको सक्रिय सहभागितामा मात्रै ‘प्रकृतिसँग सन्तुलित जीवन’को दीर्घकालीन लक्ष्य हासिल गर्न सम्भव हुने उल्लेख गर्दै मन्त्री चौधरीले सदाझैँ यस अभियानमा सबैको सक्रिय सहभागिताका लागि आह्वान गरिन्।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...

माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...

असार लागेसँगै धमाधम अनुगमन

हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending