काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ ।
काठमाडौं महानगरपालिका–८ स्थित ‘हाम्रो डिजिटल स्टुडियो’ सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णु न्यौपाने माथि वैशाख ४ गते साँझ एउटा समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका घर भएका न्यौपानेको स्टुडियोमा नचिनेका व्यक्तिहरू प्रवेश गरेका थिए । सुरुमा उनीमाथि कुटपिट गरियो, त्यसपछि स्टुडियोमा रहेको करिब २ लाख रुपैयाँ नगद लुटियो । त्यसपछि पनि समूह रोकिएन । उनीहरू न्यौपानेलाई जबर्जस्ती उठाएर बागमती करिडोर हुँदै निलोपुलतर्फ लगे ।
त्यसपछि सुरु भयो फिरौतीको खेल । प्रहरीका अनुसार सुरुमा ठूलो रकम मागिएको थियो । पछि रकम घटाएर ५० हजार रुपैयाँमा ‘डिल’ गरिएको थियो । समूहले पैसा नदिए ज्यान मार्ने धम्कीसमेत दिएको थियो । अन्ततः आफन्तमार्फत ५० हजार रुपैयाँ बुझाइएपछि अपहरणकारी फरार भएका थिए ।
घटनापछि प्रहरी वृत्त गौशाला मा उजुरी परेपछि प्रहरीले २४ घण्टाभित्रै दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका घर भई कीर्तिपुर बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका घर भई कागेश्वरी मनोहरा बस्ने ४३ वर्षीय रवीन कोइराला रहेका छन् ।
रमेश थापा का अनुसार दुवैलाई नियन्त्रणमा राखेर डाँका चोरी र अपहरण फिरौती मुद्दामा अनुसन्धान भइरहेको छ ।
मन्त्रालयका कार्डदेखि चेकसम्म बरामद
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न संस्थाका ‘प्रभावशाली’ देखिने परिचयपत्र र कागजातसमेत फेला परेका छन् ।
योगेन्द्र पौडेलको साथबाट “वैदेशिक रोजगार सुरक्षा अध्यक्ष”, “सुरक्षा जागरुक युवा समाज अध्यक्ष” र “औषध दुरुपयोग अनुसन्धान समिति अध्यक्ष” लेखिएका कार्ड तथा शहरी विकास मन्त्रालय को भेटघाट पास बरामद भएको छ ।
यसका साथै नोबल बैंकको ३ लाख रुपैयाँको चेक, नगद ११ हजार रुपैयाँ र मोबाइल फोन पनि फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै रवीन कोइरालाको साथबाट सहकारी संस्थाको लोन अफिसर कार्ड, ज्योति विकास बैंकको २ लाख रुपैयाँको चेक, पासपोर्टको प्रतिलिपि, ब्लुबुक र मोबाइल बरामद भएको छ ।
‘उद्धार’को नाममा ठगी धन्दा
प्रहरी अनुसन्धानअनुसार यो समूहले “वैदेशिक रोजगारमा अलपत्र परेकाको उद्धार” गर्ने नाममा ठगी धन्दा चलाउँदै आएको देखिएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले विदेशमा समस्या परेका व्यक्तिका आफन्तसँग रकम असुल्ने र त्यही विवरण प्रयोग गरेर अर्को पक्षलाई पनि ठग्ने गर्थे ।
“उनीहरूले दुवै पक्षलाई ठग्ने गरेको देखियो । स्टुडियोमा पनि सुरुमा ठगीकै उद्देश्यले पुगेको देखिन्छ, पछि डाँका र अपहरणसम्म पुगे,” एक प्रहरी अधिकारीले बताएका छन् ।
पुरानै अपराधमा जोडिएका नाम
प्रहरीका अनुसार पक्राउ परेका दुवै व्यक्ति पटके अभियुक्त हुन् । यसअघि पनि उनीहरूविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वर र गौशालामा ठगीसम्बन्धी उजुरी परेको पाइएको छ ।
अरूको पैसा उठाइदिन्छु भन्दै रकम खाने, अर्कालाई दिनुपर्ने चेक आफ्नै नाममा काट्ने लगायत गतिविधिमा उनीहरू संलग्न रहेको प्रहरीको दाबी छ ।
प्रहरीले यी व्यक्तिबाट अन्य पनि पीडित भएको हुनसक्ने भन्दै ठगी वा धम्कीमा परेका भए सम्पर्क गर्न सार्वजनिक आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १९:५५
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...
जेष्ठ ८ गते, २०८३ - १९:५३
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...
जेष्ठ ८ गते, २०८३ - १९:५१
काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...
जेष्ठ ८ गते, २०८३ - १९:४८
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...
जेष्ठ ८ गते, २०८३ - १९:४४
काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...
जेष्ठ ८ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...
जेष्ठ ८ गते, २०८३ - १९:३७
सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन
जेष्ठ ८ गते, २०८३ - १९:३२
नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...



प्रतिकृया लेख्नुहोस्: