Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

एमाले सचिवालयमा ‘ओली राजीनामा’ मागपछि तनाव : बैठक स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली को राजीनामा मागेपछि छलफल चर्किएको हो ।

पार्टीभित्रको स्रोतका अनुसार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । तीमध्ये चार जनाले ओलीलाई नेतृत्व हस्तान्तरण गर्दै मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । राजीनामा माग गर्ने पक्षमा उपाध्यक्षहरू बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेको बताइएको छ ।

उनीहरूले पछिल्ला राजनीतिक गतिविधि र निर्वाचन परिणामको जिम्मेवारी लिँदै नेतृत्व परिवर्तन आवश्यक भएको तर्क गरेका छन् । तर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने अध्यक्ष ओलीको पक्षमा उभिएका छन् ।

बैठकमा आरोप–प्रत्यारोप बढेपछि वातावरण चर्किएको र अन्ततः आजको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ । ओलीले भने राजीनामा दिन अस्वीकार गर्दै उल्टै असन्तुष्ट नेताहरूलाई पार्टीभित्रै विभाजनकारी गतिविधिमा लागेको आरोप लगाएका छन् ।

पार्टीभित्र देखिएको यो विवादले आगामी दिनमा एमालेको नेतृत्व, संगठन संरचना र राजनीतिक दिशाबारे ठूलो बहस निम्तिन सक्ने संकेत दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले सचिवालयमा ‘ओली राजीनामा’ मागपछि तनाव : बैठक स्थगित

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...

रातो मच्छिन्द्रनाथ रथको ऐतिहासिक ‘पाता’ गायब, प्रहरीमा उजुरी

काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...

दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...

भाइरल बन्न खोज्दा प्रहरीको फन्दामा : सडकमा सुतेर बाइक कुदाउने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...

राजधानीमै फिरौती गिरोह सक्रिय : पिंगलास्थान घटनाले तर्सियो काठमाडौं

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...

अवैध हतियारविरुद्ध प्रहरीको देशव्यापी अपरेशन : एक महिनामै ४० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...

क्यान्सर बिरामीमाथि औषधि संकट : जीवरक्षक औषधि अब तीन सातालाई मात्रै पुग्ने

सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन

एमाले सचिवालय बैठकमा ‘समीक्षामाथि समीक्षा’

नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने

भाइरल राजनीतितर्फ रास्वपा : ‘बालेन प्रवृत्ति’ कति खतरनाक ?

काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...

स्वास्थ्य चौकी अलपत्र, मजदुर भोकै : रामेछापमा ४ वर्षदेखि ‘कागजमै स्वास्थ्य सेवा’

रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending