काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् ।
बागमती प्रदेश ०२-०२३ प २८८४ नम्बरको मोटरसाइकलमा ह्यान्डल छोडेर सुतेको अवस्थामा बाइक कुदाएको भिडिओ भाइरल भएपछि नेपाल प्रहरी ले उनलाई पक्राउ गरेको हो ।
घटना काठमाडौं को व्यस्त सडकमा भएको थियो । भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई ट्याग गर्दै कारबाहीको माग गरेका थिए । त्यसपछि प्रहरी वृत्त कालिमाटी ले अनुसन्धान अघि बढाएर शुक्रबार ती चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी नियन्त्रणमा पुगेपछि चालकको ‘स्टाइल’ पनि बदलिएको देखियो । उनले आफूले गरेको कार्य ट्राफिक नियमविपरीत र अत्यन्त जोखिमपूर्ण रहेको स्वीकार गरेका छन् ।
“मैले गरेको कार्य ट्राफिक नियमको उल्लंघन हो । यसले मेरो मात्रै होइन, अरूको ज्यान पनि जोखिममा पर्छ । आइन्दा यस्तो गर्दिनँ,” उनले सार्वजनिक गरिएको भिडिओमा भनेका छन् ।
पछिल्लो समय प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई केवल जरिवाना मात्रै होइन, ‘सार्वजनिक चेतना’ को माध्यम बनाएर पनि कारबाही गर्न थालेको छ । यस घटनामा पनि प्रहरीले चालकको स्टन्ट र पक्राउपछि दिएको स्वीकारोक्तिलाई जोडेर चेतनामूलक भिडिओ सार्वजनिक गरेको छ ।
भिडिओमा सुरुमा युवकले सडकमा गरेको खतरनाक स्टन्ट देखाइएको छ । त्यसपछि “Can we skip to the good part?” भन्ने सन्देशसहित उनलाई प्रहरी भ्यानमा राखिएको दृश्य देखाइएको छ । अन्त्यमा चालकले माफी माग्दै अरूलाई यस्तो नगर्न आग्रह गरेका छन् ।
प्रहरीले भिडिओको अन्त्यमा दिएको सन्देश अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ । “सडकमा ब्रेभरी होइन, ब्रेन प्रयोग गर्नुहोस् ।”
पछिल्लो समय ‘भाइरल’ बन्नकै लागि सडकमा जोखिमपूर्ण स्टन्ट गर्ने प्रवृत्ति बढ्दै गएको छ । तर केही सेकेन्डको भिडियोका लागि गरिने यस्ता हर्कतले ज्यानै जान सक्ने भन्दै प्रहरीले कडा निगरानी बढाएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १९:५५
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...
जेष्ठ ८ गते, २०८३ - १९:५३
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...
जेष्ठ ८ गते, २०८३ - १९:५१
काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...
जेष्ठ ८ गते, २०८३ - १९:४८
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...
जेष्ठ ८ गते, २०८३ - १९:४४
काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...
जेष्ठ ८ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...
जेष्ठ ८ गते, २०८३ - १९:३७
सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन
जेष्ठ ८ गते, २०८३ - १९:३२
नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...



प्रतिकृया लेख्नुहोस्: