Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

रातो मच्छिन्द्रनाथ रथको ऐतिहासिक ‘पाता’ गायब, प्रहरीमा उजुरी

खबरडबली संवाददाता

काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर का एसपी गौतम मिश्र का अनुसार रथको अघिल्लो धमामा दायाँ र बायाँ दुवैतर्फ राखिने पातामध्ये दायाँतर्फको पाता हराएको विषयमा वैशाख २४ गते प्रहरीलाई जानकारी प्राप्त भएको हो ।

प्रहरीका अनुसार उक्त पाता बाहिरबाट तामाको र भित्र फलामको बनेको थियो । यो वर्ष रथ निर्माणको क्रममा पाता फेला नपरेपछि विषय बाहिर आएको हो ।

“वैशाख ८ देखि रथयात्रा सुरु भयो । तर त्योभन्दा अगाडि नै हरायो, कतै राखेर बिर्सियो वा चोरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,” एसपी मिश्रले बताएका छन् ।

रथयात्रा सुरु हुँदा यो विषय सार्वजनिक नभए पनि केही समयपछि अभियन्ता र स्थानीयले रथको महत्वपूर्ण भाग हराएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि गुठी संस्थान ले जिल्ला प्रशासन कार्यालय ललितपुर मार्फत खोजी गरिदिन प्रहरीलाई निवेदन दिएको हो ।

हराएको उक्त पातामा कर्कट नागजस्तो आकृति रहेको बताइन्छ । कतिपयले यसलाई ‘हिति’ भनेर पनि चिन्ने गरेका छन् । इतिहासअनुसार उक्त पाता वि.सं. १९९६ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणा ले राख्न लगाएको मानिन्छ ।

सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रथको ऐतिहासिक भाग नै गायब भएपछि स्थानीयवासी र सम्पदा अभियन्ताले गम्भीर चासो व्यक्त गरेका छन् । अहिले प्रश्न उठिरहेको छ । यति महत्वपूर्ण सांस्कृतिक सम्पदा हराउँदा कसैले थाहा नै पाएन ?

Rato_Machhindranath1-1779457927.jpeg

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले सचिवालयमा ‘ओली राजीनामा’ मागपछि तनाव : बैठक स्थगित

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...

रातो मच्छिन्द्रनाथ रथको ऐतिहासिक ‘पाता’ गायब, प्रहरीमा उजुरी

काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...

दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...

भाइरल बन्न खोज्दा प्रहरीको फन्दामा : सडकमा सुतेर बाइक कुदाउने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...

राजधानीमै फिरौती गिरोह सक्रिय : पिंगलास्थान घटनाले तर्सियो काठमाडौं

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...

अवैध हतियारविरुद्ध प्रहरीको देशव्यापी अपरेशन : एक महिनामै ४० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...

क्यान्सर बिरामीमाथि औषधि संकट : जीवरक्षक औषधि अब तीन सातालाई मात्रै पुग्ने

सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन

एमाले सचिवालय बैठकमा ‘समीक्षामाथि समीक्षा’

नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने

भाइरल राजनीतितर्फ रास्वपा : ‘बालेन प्रवृत्ति’ कति खतरनाक ?

काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...

स्वास्थ्य चौकी अलपत्र, मजदुर भोकै : रामेछापमा ४ वर्षदेखि ‘कागजमै स्वास्थ्य सेवा’

रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending