काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक निष्कर्षमा नपुग्दै भोलिसम्मका लागि लम्बिएको छ । पार्टीभित्र निर्वाचन परिणाम, कार्यविभाजन र आगामी रणनीतिबारे गहिरो बहस भइरहेका बेला नेताहरूले लामो समय लिएर धारणा राखेपछि बैठक पुनः शनिबार बस्ने भएको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका छन् । बैठक मुख्यतः निर्वाचन समीक्षा र नेताहरूको कार्यविभाजनमा केन्द्रित रहेको उनले बताए ।
जेठ ४ गतेदेखि सुरु भएको सचिवालय बैठक अझै जारी छ । भट्टका अनुसार अहिले पनि १२ जना नेताले धारणा राख्न बाँकी छ, त्यसैले बैठक भोलि पनि निरन्तर चल्नेछ ।
यता एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम ले बैठकमा पार्टीको समग्र अवस्था, चुनावी प्रदर्शन र संगठनात्मक विषयमा गम्भीर समीक्षा भइरहेको बताएका छन् । उनका अनुसार निर्वाचन समीक्षा दुई चरणमा विभाजन गरेर छलफल अगाडि बढाइएको छ ।
“नेताहरूले स्पष्ट र विस्तृत रूपमा आफ्नो धारणा राख्नुभएको छ,” गौतमले भने । एमालेभित्र पछिल्लो समय कार्यविभाजन, संगठन संरचना र नेतृत्व शैलीबारे विभिन्न तहमा असन्तुष्टि देखिँदै आएको सन्दर्भमा सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
विशेषगरी विभाग गठन र जिम्मेवारी बाँडफाँटको विषयमा नेताहरूबीच फरक मत देखिन थालेपछि बैठक झन् संवेदनशील बनेको बताइन्छ । केही नेताले संगठनलाई “कामकाजीभन्दा पदमुखी” बनाइएको टिप्पणीसमेत गरिरहेका छन् ।
अब सचिवालयको अर्को बैठक भोलि बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बस्नेछ । एमाले वृत्तमा चासोको विषय बनेको यो बैठकले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक लाइनबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १९:५५
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...
जेष्ठ ८ गते, २०८३ - १९:५३
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...
जेष्ठ ८ गते, २०८३ - १९:५१
काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...
जेष्ठ ८ गते, २०८३ - १९:४८
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...
जेष्ठ ८ गते, २०८३ - १९:४४
काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...
जेष्ठ ८ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...
जेष्ठ ८ गते, २०८३ - १९:३७
सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन
जेष्ठ ८ गते, २०८३ - १९:३२
नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...



प्रतिकृया लेख्नुहोस्: