पाँचथर । बर्सेनि दोहोरिने बाढी–पहिरोले पूर्वी पहाडी जिल्लाहरूमा जनजीवन असुरक्षित बन्दै गएको छ । तर, जोखिम बढ्दै गए पनि पूर्वतयारी र दीर्घकालीन समाधानतर्फ राज्यको ध्यान अझै कमजोर देखिएको छ ।
हालैको अविरल वर्षापछि पाँचथर जिल्ला को याङवरक गाउँपालिका लगायतका क्षेत्रमा आएको बाढी–पहिरोले घर, सडक, पुल र कृषि क्षेत्र तहसनहस बनाएको छ । स्थानीयवासीले बाटो, खानेपानी, विद्युत् र खेतीपाती सबै क्षेत्रमा ठूलो क्षति भोग्नुपरेको बताएका छन् ।
याङवरक–३ का वडाध्यक्ष विमल राईका अनुसार जेठ महिनामै यसरी ठूलो वर्षा हुनु असामान्य हो । उनले पछिल्ला वर्षमा बेमौसमी रूपमा ठूलो पानी पर्ने क्रम बढेको भन्दै यसले क्षति झन् गम्भीर बनाइरहेको बताए ।
जलवायुविज्ञहरूले भने वर्षा प्रणालीमा परिवर्तन भइरहेको संकेत दिएका छन् । उनीहरूका अनुसार एकै स्थानमा अत्यधिक वर्षा हुने ‘क्लाउड बर्स्ट’ जस्ता घटना बढ्दै जाँदा क्षति पनि बढिरहेको छ । तर, देशभर पर्याप्त वर्षा मापन केन्द्र नहुँदा वास्तविक तथ्यांक संकलनमै समस्या रहेको उनीहरूको भनाइ छ ।
पछिल्ला वर्षमा पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लामा बाढी–पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ । विगतका वर्षहरूमा मात्रै दर्जनौंको ज्यान गएको, सयौं विस्थापित भएको र अर्बौंको संरचना नष्ट भएको तथ्यांकले जोखिम झन् गहिरो देखाउँछ ।
विपद् व्यवस्थापनका विज्ञहरूले संघ, प्रदेश र स्थानीय तहमा पूर्वतयारी, पूर्वसूचना प्रणाली र जोखिम न्यूनीकरणका योजना प्रभावकारी नहुँदा समस्या दोहोरिरहेको बताएका छन् । उनीहरूका अनुसार विपद् व्यवस्थापन समिति बैठकमै सीमित हुँदा वास्तविक तयारी कमजोर बनेको हो ।
स्थानीयवासीले भने हरेक वर्ष क्षति भएपछि मात्र राहत र उद्धारमा ध्यान जाने तर दीर्घकालीन समाधान नखोजिने अवस्था अन्त्य गर्नुपर्ने माग गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - २०:५९
ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...
जेष्ठ ९ गते, २०८३ - २०:५६
पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...
जेष्ठ ९ गते, २०८३ - २०:५०
काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...
जेष्ठ ९ गते, २०८३ - २०:४८
काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...
जेष्ठ ९ गते, २०८३ - २०:४१
पूर्वतयारीमा सरकारी उदासीनता
जेष्ठ ९ गते, २०८३ - २०:३१
कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...
जेष्ठ ९ गते, २०८३ - २०:२७
काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले ४ हजार २ स...
जेष्ठ ९ गते, २०८३ - २०:२३
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...
जेष्ठ ९ गते, २०८३ - २०:१९
तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...
जेष्ठ ९ गते, २०८३ - २०:११
बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...



प्रतिकृया लेख्नुहोस्: