काठमाडौं । योगेश भट्टराई ले नेकपा एमालेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली सँग राजीनामा माग गरेका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा भट्टराईले ओलीलाई लक्षित गर्दै, “अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्,” भन्ने धारणा राखेको एक पदाधिकारीले बताएका छन् । एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला योगेशको यो अभिव्यक्ति ओलीमाथिको दबाब थप बढाउने संकेतका रूपमा हेरिएको छ ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा चार जना उपाध्यक्षहरूले पनि ओलीलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गरेका थिए । लगातार दोस्रो दिन पनि शीर्ष नेताहरूले नेतृत्व हस्तान्तरणको पक्षमा खुलेपछि एमालेभित्रको शक्ति सन्तुलन तीव्र रूपमा बदलिएको देखिएको छ ।
यता शंकर पोखरेल ले पनि पार्टीमा गम्भीर समीक्षा आवश्यक रहेको भन्दै अहिलेको अवस्थाबाट अघि बढ्न नसकिने बताएका छन् । उनले प्रत्यक्ष रूपमा “राजीनामा दिनुस्” नभने पनि घुमाउरो शैलीमा नेतृत्व परिवर्तनको संकेत दिएका थिए ।
सचिवालय बैठक अब पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र आगामी शक्ति समीकरणतर्फ केन्द्रित हुँदै गएको नेताहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १९:०३
पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्ला का विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । याङवरक र हिलिहाङ गाउँपालिकामा घर, झोलुङ्गे पु...
जेष्ठ ९ गते, २०८३ - १८:५५
काठमाडौं । योगेश भट्टराई ले नेकपा एमालेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली सँग राजीनामा माग गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा भट्टराईले ...
जेष्ठ ९ गते, २०८३ - १८:५२
मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ...
जेष्ठ ९ गते, २०८३ - १८:४९
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली झन् एक्लिँदै गएको संकेत देखिएको छ । आजको बैठकमा महासचिव शंकर पोखरेल समेत पार्टी पुनर्ग...
जेष्ठ ९ गते, २०८३ - १८:४६
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको पार्टीभित्रको संकट झन् गहिरिँदै गएको संकेत देखिएको छ । सचिवालय बैठकमा एकपछि अर्को पदाधिकारी आफूविरुद्ध उभिन थालेपछ...
जेष्ठ ९ गते, २०८३ - ०७:४७
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बाताल, घरपझोङ रिङरोड र आसपासका क्षेत्र ।...
जेष्ठ ९ गते, २०८३ - ०७:४२
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्व...
जेष्ठ ९ गते, २०८३ - ०७:३७
रुपन्देही । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता मा...
जेष्ठ ९ गते, २०८३ - ०७:३५
म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै ...
जेष्ठ ९ गते, २०८३ - ०७:३०
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना...



प्रतिकृया लेख्नुहोस्: