Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

आठ वर्षको प्रयास पानीमा बग्यो, तमोर पुल बाढीले नष्ट

शुत्रबार राति तमोर नदीमा आएको बाढीले बगाएको मोटरेवल पुल।
खबरडबली संवाददाता

ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले बगाएको हो ।

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन र पाँचथरको हिलिहाङ गाउँपालिका–आङ्बुङ जोड्ने गरी निर्माण भइरहेको पुल करिब ४० देखि ४५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा बाढीले बगाएको हो ।

आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) का अनुसार एक साता अघिदेखि ट्रस जडानको काम तीव्र रूपमा भइरहेको अवस्थामा अचानक आएको बाढीले पुल संरचना र निर्माण सामग्री दुवै बगाएको छ । उनले शनिबार स्थलगत अनुगमन गर्दा नदीमा पानीको बहाव अत्यधिक बढेकाले क्षति ठूलो भएको बताए ।

एमएस सपना याक्थुङ जेभीले २२ करोड पाँच लाख ७७ हजार ८९० रुपैयाँ लागतमा उक्त मोटरेवल पुल निर्माणको जिम्मा पाएको थियो । २०७४ फागुनमा सम्झौता गरी सुरु गरिएको पुल निर्माणको काम लामो समयदेखि जारी थियो । पछिल्लोपटक जेठ अन्तिमसम्म ट्रस जडान सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

बाढीले पुलको ट्रस संरचना र निर्माणस्थलमा रहेका सम्पूर्ण सामग्री बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ । यससँगै तमोर कोरिडोरको निर्माण कार्यमा ठूलो धक्का लागेको छ ।

यो पुल तमोर कोरिडोर अन्तर्गतको महत्वपूर्ण संरचना हो, जसले नेपाल, भारत र चीनलाई जोड्ने रणनीतिक सडक मार्गलाई सहज बनाउने लक्ष्य राखिएको थियो । निर्माणाधीन अवस्थामा नै पुल बग्दा पूर्वाधार विकासमा ठूलो क्षति पुगेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ वर्षको प्रयास पानीमा बग्यो, तमोर पुल बाढीले नष्ट

ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...

पहिरोको संकेतमै गाउँ खाली, केही घण्टामै घर पुरियो

पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...

पूर्वी पहाडमा बाढी–पहिरोको चक्रव्यूह, न रोकथाम न तयारी

पूर्वतयारीमा सरकारी उदासीनता

अखिल नेपाल ट्रेड युनियन महासंघले फिर्ता गर्‍यो घरसहित चार रोपनी जग्गा

कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा

काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले ४ हजार २ स...

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरिए

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...

मार्किचोक सबस्टेसनमा ३० एमभिएको नयाँ ट्रान्सफर्मर जडान हुँदै, तीन जिल्लाको विद्युत् प्रणाली थप बलियो बनाइँदै

तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...

संघीयता खारेज गर्न संविधान संशोधन गरौँः चित्रबहादुर केसी

बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending