पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्ला का विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । याङवरक र हिलिहाङ गाउँपालिकामा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बग्दा जनजीवन अस्तव्यस्त बनेको छ भने पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक गाउँपालिका–१ लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीय मोहनलाल खवासको दुईतले घर पूर्ण रूपमा बगाएको छ । सोही स्थानका ४४ वर्षीय कवीर खवासको घरसमेत पहिरोले बगाएको छ भने गाईगोठमा बाँधिएका तीन वटा गोरु पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै, याङवरक–१ कोक्चेका ५२ वर्षीय गङ्गाप्रसाद बेघाको दुईतले घर पनि बाढीपहिरोले बगाएको छ । लगातारको वर्षासँगै आएको बाढीले याङवरक–१ लामिटार क्षेत्रमा रहेको करिब १०० मिटर लामो फलामे झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ । पुल क्षतिग्रस्त भएपछि स्थानीयको आवतजावत प्रभावित बनेको छ ।
उता तमोर कोरिडोर अन्तर्गत हिलिहाङ गाउँपालिका–२ लिम्बुनी पुल क्षेत्रमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । तमोर नदीमा निर्माण भइरहेको ७७ दशमलव ५ मिटर लामो पक्की पुलका पिलर र निर्माण सामग्री बाढीले बगाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत याङवरक गाउँपालिका–२ दोभानस्थित मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको ढुङ्गा, माटो र भेलले पूर्ण रूपमा बगाएको छ । करिब ४१ फिट लामो उक्त पुल बगेपछि मध्यपहाडी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।
निर्माणाधीन पुल नजिकै रहेको फलामे झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । लगातारको वर्षासँगै थप जोखिम बढेकाले स्थानीय त्रासमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १९:०३
पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्ला का विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । याङवरक र हिलिहाङ गाउँपालिकामा घर, झोलुङ्गे पु...
जेष्ठ ९ गते, २०८३ - १८:५५
काठमाडौं । योगेश भट्टराई ले नेकपा एमालेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली सँग राजीनामा माग गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा भट्टराईले ...
जेष्ठ ९ गते, २०८३ - १८:५२
मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ...
जेष्ठ ९ गते, २०८३ - १८:४९
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली झन् एक्लिँदै गएको संकेत देखिएको छ । आजको बैठकमा महासचिव शंकर पोखरेल समेत पार्टी पुनर्ग...
जेष्ठ ९ गते, २०८३ - १८:४६
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको पार्टीभित्रको संकट झन् गहिरिँदै गएको संकेत देखिएको छ । सचिवालय बैठकमा एकपछि अर्को पदाधिकारी आफूविरुद्ध उभिन थालेपछ...
जेष्ठ ९ गते, २०८३ - ०७:४७
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बाताल, घरपझोङ रिङरोड र आसपासका क्षेत्र ।...
जेष्ठ ९ गते, २०८३ - ०७:४२
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्व...
जेष्ठ ९ गते, २०८३ - ०७:३७
रुपन्देही । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता मा...
जेष्ठ ९ गते, २०८३ - ०७:३५
म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै ...
जेष्ठ ९ गते, २०८३ - ०७:३०
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना...



प्रतिकृया लेख्नुहोस्: