रुपन्देही । चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला परेपछि नष्ट गरिएको थियो ।
त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याएर बिक्रीका लागि राखिएका काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएपछि पाँच सय किलो काँक्रा नष्ट गरिएको थियो ।
बुटवलमा विभिन्न क्षेत्रबाट आउने दूधको यही जेठ १३ गते नमूना सङ्कलन गरी परीक्षण गर्दा बिषादी फेला परेकाले बिक्रीमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । उपभोक्तालाई त्यस्तो दूध तथा तरकारी उपभोग नगर्न सचेतसमेत गराइएको उनको भनाइ छ ।
बुटवल क्षेत्रमा आउने दूधमा नफाटने बिषादी मिसाइएको परीक्षणमा फेला परेकाले अहिले उपमहानगरले कडाइका साथ अनुगमनलाई अगाडि बढाएको उपप्रमुख अर्यालले जानकारी दिए ।
यसैबिच, बुटवलको थोक बजारमा बिक्रीका लागि राखिएका काउली आज परीक्षण गर्दा अत्यधिक मात्रामा विषादी प्रयोग भएको फेला परेको छ । थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बिक्रीका लागि आज बिहान ल्याइएका हरियो तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा काउलीमा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि २२ किलो काउली नष्ट गरिएको छ ।
रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाबाट बुटवलस्थित केन्द्रमा बिक्रीका लागि ल्याइएका काउलीमा ‘अर्गानोफस्फेट’ समूहको विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए।
विषादी परीक्षण प्राविधिकका अनुसार तरकारीमा ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूहको विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । प्राविधिक सहायक भण्डारीले भने, “३५ देखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी देखियो भने त्यसलाई खानयोग्य मानिँदैन र नष्ट गर्नुपर्छ ।” उनका अनुसार अहिलेसम्म दुई हजार ६४५ नमूना सङ्कलन गरी विषादी परीक्षण गर्दा नौवटा तरकारीमा विषादी फेला परेको छ भने अरु नौवटामा क्यारेन्टाइनमा राख्नुपर्ने देखिएको छ ।
केन्द्रमा चितवन, मकवानपुरको पालुङ, रुपन्देहीको मर्चवार र सेमरा क्षेत्रबाट आएका बोडी, काँक्रा, काउली र साँगमा विषादी देखिएको जनाउँदै चितवनबाट आउने धेरैजसो तरकारी परीक्षण गरेरमात्र सेवन गर्नुपर्ने भण्डारीले बताए । उनका अनुसार केन्द्रमा नियमित विषादी परीक्षण हुँदै आएको छ ।
आज परीक्षण गर्दा फेला परेका विषादीयुक्त काउलीलाई बुटवल उपमहानगरपालिकासँगको समन्वयमा नष्ट गरिएको हो । हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमूना सङ्कलन गरी परीक्षण गर्दै आएको छ । बुटवलको थोक बजारभन्दा बाहिरबाट बिक्री हुने तरकारीमा भने विषादी परीक्षण हुनसकेको छैन ।
विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पछिल्लो समय किसानले छिटो उत्पादन गरी आम्दानी गर्ने उद्देश्यले तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने गरेकाले यसतर्फ सबै सचेत हुनुपर्ने कृषि प्राविधिकहरू बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...
जेष्ठ २३ गते, २०८३ - ०७:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...



प्रतिकृया लेख्नुहोस्: