Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ओलीको अन्तिम फैसला गर्दै कांग्रेस

\"Sshil_KP_Oli\"काठमाडाैं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने की नबनाउने भने विषयमा कांग्रेसले आज अन्तिम निर्णय गर्ने भएको छ । भद्र सहमति भएको भन्दै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेपछि सरकारको विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्दैछ ।   बिहान ९ बजेबाटै केन्द्रीय समिति बैठक बस्ने भनिए पनि १० बजेदेखि साढे एघारबजेसम्म कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । उनीहरुले ओलीलाई प्रधानमन्त्री बनाउने की आफ्नै पार्टीले दाबी गर्ने भन्ने विषयमा मोटामोटी छलफल गरेका छन् । उनलीहरुले बनाएको धारणा केन्द्रीय समिति बैठकमा प्रस्तुत भएपछि सदस्यहरुले जवाफ दिनेछन् ।   कांग्रेसमा अहिलेसम्म खुलेर प्रधानमन्त्रीका लागि कुनै पनि नेताले दाबी गरेका छैनन् । सभापति कोइराला आफू बन्ने भन्दा जसरी पनि नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई रोक्ने पक्षमा छन् । तर, देउवा र पौडेल आफूले दाबी नगरेपछि आफूहरुलाई प्रधानमन्त्रीका लागि बाटो खोलिदिनुपर्ने पक्षमा छन् । कांग्रेसमा अहिले संसदीय दलको नेता सभापति कोइराला नै छन् ।   सहमतिबाहेक बहुमतीय प्रक्रियाका लागि गठबन्धन सरकारमा संसदीय दलको नेताले कांग्रेसमा प्रधानमन्त्रीका लागि अघि बढ्ने प्रावधान छ । तर, सहमति पनि नहुने र दलको नेता पनि नहुने अवस्था आउने भएपछि देउवा र पौडेल कोइरालासंग रुष्ट छन् । यस्तो अवस्थामा कसरी जाने भन्ने विषयमा कांगेस बैठकले धारणा बनाउने बुझिएको छ । पदाधिकारी भएको छलफल र मोटामोटी सहमतिबारे कुनै जानकारी नपाएको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले जानरकारी दिए । कांग्रेसमा अाेलीलाइ मान्ने वा नमान्ने दुवै मत छ । महामन्त्री कृष्ण सिटाैलासहितका नेता अाेलीलाइ सरकारकाे नेतृत्व दिनुपर्ने पक्षमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy