काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकमा सवारी सञ्चालनसमेत रोकिएको छ।
प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ, इलामस्थित मेची राजमार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा रोल्पाको रुकुम–घोराही सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध छन्।
यस्तै, सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेशका इलाम, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बु जिल्लाका सडकमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको नेपाल प्रहरीले जनाएको छ।
यसका साथै बागमतीसहित अन्य प्रदेशका केही जिल्लामा पनि जोखिमका कारण सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ। प्रभावित सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण समस्या समाधानमा कठिनाइ भइरहेको सम्बन्धित निकायले जनाएको छ।
प्रहरीले अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न, यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: