काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपाले आगामी साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीस्थित फरेस्टमा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्।
धितालका अनुसार संसद्को गरिमा कायम राख्दै सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन प्रशिक्षण आयोजना गर्न लागिएको हो। यसअघि दुईपटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिए पनि त्यसबाट सबै विषय समेट्न नसकिएकाले पुन: प्रशिक्षण राखिएको उनले बताइन्।
यसपटक सांसदहरूले व्यक्त गरेका सुझाव र उनीहरूको आवश्यकता पहिचान गरेर प्रशिक्षणको कार्यतालिका तय गरिने रास्वपाको तयारी छ। पार्टीको नीति तथा संसदमा प्रभावकारी रूपमा प्रस्तुत हुने विषयलाई प्रशिक्षणको मुख्य आधार बनाइने धितालले बताइन्।
उनका अनुसार सांसदहरूको क्षमता अभिवृद्धि निरन्तर चल्ने प्रक्रिया भएकाले प्रशिक्षणलाई पनि त्यसैअनुसार अघि बढाइएको हो।
‘सिक्ने प्रक्रिया जीवनभर रहिरहन सक्छ। यसपटक सांसदहरूकै सुझाव र आवश्यकताअनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो। हामीले पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्ने गरी प्रशिक्षण दिन्छौँ,’ धितालले भनिन्।
रास्वपाले यसअघि पनि आफ्ना सांसदहरूलाई लक्षित गरी दुई चरणमा प्रशिक्षण सञ्चालन गरिसकेको छ। २०८२ साल चैत ३ र ४ गते ललितपुरस्थित होटल टुलिपमा पहिलो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।
त्यसैगरी वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा दोस्रो चरणको प्रशिक्षण सञ्चालन गरिएको थियो। यसपटकको कार्यक्रमलाई सांसदहरूको आवश्यकता र सुझावमा केन्द्रित गर्दै थप व्यावहारिक तथा संसदीय भूमिकामुखी बनाउने पार्टीको तयारी छ।
संसदमा विधेयक निर्माण, नीति तथा कार्यक्रममाथिको छलफल, सरकारलाई जवाफदेही बनाउने भूमिका तथा पार्टीको राजनीतिक दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सांसदहरूको क्षमता अभिवृद्धि गर्ने विषय प्रशिक्षणका महत्वपूर्ण पक्ष बन्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १३:४८
महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...
श्रावण २७ गते, २०८३ - १३:४८
महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...
श्रावण २७ गते, २०८३ - १३:३२
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...
श्रावण २७ गते, २०८३ - १२:५८
काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...
श्रावण २७ गते, २०८३ - १२:५०
जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...
श्रावण २७ गते, २०८३ - १२:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...
श्रावण २७ गते, २०८३ - १२:१६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...
श्रावण २७ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच भेटवार्ता भएको छ। आगामी शुक्रबार काठमाडौंको सुकेधा...
श्रावण २७ गते, २०८३ - ११:४५
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थ...
श्रावण २७ गते, २०८३ - ११:२२
गुल्मी। गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीस्थित मदन भण्डारी राजमार्ग छेउ...



प्रतिकृया लेख्नुहोस्: