Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

दाताले हात झिकेपछि शैक्षिक संस्था संचालनमा समस्या

\"IMG_13609386516204\"धनकुटा । बाली र पशु विज्ञानका सामान्य स्तरका प्राविधिक जनशक्ति जेटी र जेटिए उत्पादनको उदेश्य सहित बेलायत सरकारको समुद्रपार विकास योजनाको दुई अर्ब लगानीमा ३२ वर्षअघि धनकुटाको हिले नजिकै स्थापित उत्तरपानी प्राविधिक शिक्षालयलाई दीर्घकालीन सोच र लगानीको अभावमा साख जोगाउन हम्मे परेको छ । १४ र २९ महिने तालिम हासिल गरेपछि गाउँघरमै कृषि खेती र पशुपालन गर्न सकिने मनसाय बनाएर आउने विद्यार्थीलाई शिक्षालयले स्रोतसाधनको अभावको सुनाएर फर्काउन थालेको छ । शिक्षालयका ट्रेड प्रमुख रामनारायण यादवले प्रवेश परीक्षाको नतिजा आउँदा फोनको लाइन काटेर क्वाटरमा भित्रबाट चुकुल लगाएर बस्नुपर्ने अवस्था आएको गुनासो सुनाए । साढे तीन दशकसम्म शिक्षालयमा थप बजेट, कार्यक्रम र विद्यार्थी कोटा थप नआउँदा इच्छुक विद्यार्थी र अभिभावकको आक्रोशको ओइरो लागेको छ । पशु विज्ञान समूहका जेटी उत्पादन गर्ने मुलुककै एकमात्र यस शिक्षालयमा एक वर्षे कोर्समा जम्मा ४२ जनाको कोटा रहेको छ । त्यसमा पनि ३० जना सीटीइभिटीको सिफारिसमा सरकारी दरबन्दीमा कार्यरत नै पढ्छन् । बाँकी १२ जनाको खुला कोटामा वर्षेनी लफडा हुने गरेको छ । यादव भन्छन् ४० जनाको कोटामा छ सय भन्दा बढी आवेदन पर्छन्, कसलाई छान्ने सहरमा नीति स्तरका धेरै शिक्षालय खुलेपनि सहुलियत र सरकारी संस्थाबाट जारी हुने प्रमाणपत्रका लागि धनकुटा, तेह्रथुम, संखुवासभा, झापा, मोरङ, सुनसरी र इलाम लगायत पूर्वका विभिन्न जिल्लाबाट विद्यार्थीको लर्को लाग्ने गरेको छ । \"IMG_3361785576794-1\" बाली र पशु विज्ञानको २९ महिने कोटामा अध्ययन गर्न उस्तै मारामार छ । ५० जना कोटा निर्धारण गरिएको दुवै समूहका लागि दुई वर्षे आवास सहितको सुविधा लिने विद्यार्थीले जम्मा १५ हजार तीन सय ३० रुपैयाँ तिर्नुपर्छ र बाहिरै बसेर पढ्नेले १० हजार पाँच सय १० रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । सरकारी अनुदान, प्रशिक्षक प्राविधिक, उपकरण लगायतका पूर्वाधारको जोहो नगरी अनिश्चितताकै बीच शिक्षालयले यसै वर्षबाट कृषि प्रमाणपत्र तह ९आइएस्सी एजी० कोर्सको पढाइ सुरु गर्दै छ । तीन वर्षे कोर्समा ५० जनाको कोटा निर्धारणमा पनि विद्यार्थीको लर्को छ । यसमा पनि सरकारी सहयोग र अनुदानको गुञ्जायसन भएको प्रमुख यादवले बताए । भूतपूर्व गोर्खा सैनिकलाई तालिम दिने उदेश्यले २०२८ सालमा स्थापित पाख्रिबास स्थित व्यावसायिक कृषि अनुसन्धान केन्द्र पनि पूर्ववत् सञ्चालनमा समस्या भएको छ । गिरीराज कुखुराको जातीय विकास र कालो बंगुरको नामले मुलुकमै ख्याति कमाएको बंगुरको प्रजातीको विकास केन्द्रले गरेको हो । अंगोरा खरायो, बाख्रा, अलैंची, गोलभेंडा, मकैका जातका रोग र उपचार पद्धतिका बारेमा केन्द्रले कमाएको प्रसिद्ध धान्नै कठिन भएको छ ।वैज्ञानिक, प्राविधिक, अधिकृत र अन्य गरि ८६ स्वीकृत दरबन्दीमा अहिले ४६ जना मात्रै कार्यरत रहेका छन् । विभिन्न तहका ४१ दरबन्दी बितेको डेढ दशकदेखि पूर्ति हुन नसकेको केन्द्र प्रमुख अनिसुर रहमान अन्सारीले बताए । अन्सारीले भने, खोज अनुसन्धान र प्रविधि विकासको यति ठूलो दायित्व बोकेको केन्द्रमा प्राविधिक जनशक्ति अभाव हुनु सानो समस्या होइन ।ू २१ जना वैज्ञानिक मध्ये ८ जना मात्रै कार्यरत छन् । माओवादी द्वन्द्वका बेला लामो समय कर्मचारीका लागि विज्ञापन हुन सकेन । त्यही अवधिमा पुराना धेरै वैज्ञानिक प्राविधिकले अनिवार्य अवकाश पाए । अन्सारी भन्छन्, ूएउटा पदमा तीन पटकसम्म विज्ञापन भएको छ, आवेदननै पर्दैन, नियुक्ति लिएकाहरु पनि दुईचार वर्ष काम गरेपछि अन्तै पलायन हुने गरेका छन् ।ू दुई मुलुकबीचको सम्झौता अवधि सकिएपछि २०५५ सालमा केन्द्रको पूर्ण स्वामित्व नेपाल सरकारमा निहित छ । आठ सय १६ रोपनी जमिनमा आधुनिक विदेशी शैलीमा बनेका ९० भन्दा बढी सुविधासम्पन्न भवन धेरै प्रयोग र स्याहारको अभावमा जीर्ण बन्दै गएका छन् । ब्रिटिसले छाडेपछि सह गएको स्थानीयबासिन्दाहरुले बताए । यस्तै दाताकै करोडौं रुपैयाँको लगानीमा धनकुटा सदरमुकाममा स्थापित सामुदायिक चिकित्सा अध्ययन क्याम्पस पनि सरकारी बेवास्ताको सिकार बनेको छ । क्यानडा सरकारको करिब ८ करोड रुपैयाँ लागतमा २०४२ सालबाट सञ्चालनमा आएको क्याम्पसमा हरेक वर्ष १ सय २० जनाले सामुदायिक चिकित्सा सहायक दक्षता प्राप्त गर्दै आएका थिए । मुलुककै ग्रामीण स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने नमुना थलो ८ वर्ष भन्दा बढी चल्न सकेन । सिटीइभिटीले निजी क्षेत्रलाई सिएमए क्याम्पस सञ्चालनको अनुमती दिने क्रम तिव्र बनेपछि गाउँका निम्न आय भएका विद्यार्थी तिनै निजी क्याम्पसमा महंगो शुल्क तिरेर पढाइ गर्न बाध्य छन् । क्याम्पसको सयौं रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा करिब दुई दर्जन भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन जीर्ण बनेका छन् । धनकुटा बहुमुखी क्याम्पसका प्रमुख निरञ्जन वस्तीले निजी क्षेत्रलाई चिकित्साशास्त्र अध्ययन केन्द्र सञ्चालनको अनुमति दिंदै गर्दा सरकारी लगानीका यस्ता केन्द्रको स्तरोन्नति तर्फ कहिल्यै पनि सरकारी सोचाइ नआएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending