Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री चयनका लागि यसरी हुँदैछ निर्वाचन

\"SushilKoirala-KPOli_20141109050641\"काठमाडौँ । व्यवस्थापिक संसदमा नेपालको ३८ औँ प्रधानमन्त्री चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । त्यसका लागि दिउसो ११ बजे व्यवस्थापिका संसदको बैठक डाकिएको छ । प्रधानमन्त्रीका लागि संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो दल नेकपा (एमाले) ले शनिबार संसदमा उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोइराला र नेकपा (एमाले)का तर्फबाट पार्टी अध्यक्ष केपि शर्मा ओलीले उम्मेद्वारी दिएका हुन् । कांग्रेसका उम्मेद्वार कोइरालाका प्रस्तावक पार्टी बरिष्ठ नेता शेरबहादुर देउवा छन् भने समर्थकमा पार्टी उपसभापति रामचन्द्र पौडेल छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेद्वारा ओलीको प्रस्तावकमा संसदको तेश्रो ठुलो दल एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् भने, राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन गरेका छन् । संसदमा रहेका ३० राजनीतिक  दल र २ स्वतन्त्र सांसदहरु मध्य ओलीको पक्षमा १७ राजनीतिक दल र एक स्वतन्त्र सभासदले हस्ताक्षर गरिसकेका छन् भने, कोइराको पक्षमा अहिलेसम्म कुनै पनि दलले खुलेर समर्थन गरेका छैनन् । नेमकिपाले पनि एमाले उम्मेद्वारा ओलीलाई नै मतदान गर्ने वचन दिएको छ । यसरी हेर्दा अहिलेसम्म ओलीको पक्षमा ३ सय ३० सांसदको समर्थन पुगेको छ भने, कोइरालाको पक्षमा कंग्रेस बाहेकका अन्यदलहरुले खुलेका बोलेका छैनन् ।   यसरी हुनेछ प्रधानमन्त्रीको निवार्चन नेपालको संविधान २०७२को धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीको निर्वाचनका लागि संसदको अन्तरिम कार्यविधिको दफा १९ को व्यवस्था अनुसार आइतबारको संसदमा बहुमतिय चुनावि प्रक्रिया अघि बढाइने छ । ११ बजेदेखि बस्ने संसदको बैठकमा सभामुखले प्रधानमन्त्रीका दुबै उम्मेदवारका प्रस्तावक र समर्थकले आफ्नो उम्मेदवारको पक्षमा सदनसमक्ष बोल्नेछन् । त्यसपछि संक्षिप्त छलफल हुने छ र सभामुखले कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा उसलाई समय दिनेछन्। उम्मेदवारी फिर्ता लिने समयसिमाभित्र कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिए सभामखुले दुबै उम्मेदवारको उम्मेदवारीका सूचना एकैपटक सदन समक्ष निर्णयार्थ सुनाएर निर्वाचन गराउने छन् र बहुमत प्राप्त उम्मेद्वारलाई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषण गर्नेछन् । यदि कुनै एक उम्मेदवारको मात्रै उम्मेदवारी कायम रहेमा सभामुखले उक्त उम्मेदवारको पक्षमा हुन्छ भन्ने सदस्यहरुलाई एउटा ढोकाबाट र विपक्षमा रहने अर्थात हुन्न भन्ने सदस्यलाई अर्को ढोकाबाट भिन्नाभिन्नै लबिमा प्रवेश गराइ त्यहाँ राखिएको बर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गराउने छन् । यसरी संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सदनसमक्ष सुनाउनुपर्नेछ । कसैको पनि बहुमत आएन भने अर्को निर्वाचन यदि कुनै उम्मेदवारले कुल सदस्य संख्या अर्थात ५ सय ९८ को बहुमत अर्थात ३ सय मत प्राप्त नगरेमा सभामुखले दुबै उम्मेदवारीको सूचनालाई पुनः एक पटक संसदको अर्को बैठकमा निर्णयार्थ पेश गर्नेछन्। यदि यसमा पनि कुनै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेमा सभामुखले उक्त निर्वाचन प्रक्रियाको अन्त्य गरी पुःन अर्को नयाँ निर्वाचनको प्रक्रिया सुरु गर्नेछन्। आज हुने प्रधानमन्त्रीको निर्वाचनमा कानुन बमोजिम बाहेक अर्थात सभामुखलाई विशेष कारण सहित अग्रिम जानकारी नगराई कुनै पनि सदस्य बैठकमा अनुपस्थित रहन वा मत दिन्न भनि तटस्थ रहन पाउँदैनन् । यसरी संसदबाट स्पष्ट बहुमतका प्राप्त गरिु  निर्वाचित उम्मेद्वारलाई सभामुखले प्रधानमन्त्रीमा निर्वाचित भएको ब्यहोरा राष्ट्रपति समक्ष लेखि पठाउने छन् र उक्त निर्णयका आधारमा राष्टपतिले नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending