Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

दशै तिहारमा सुरक्षा व्यवस्था कडा प्रत्येक सवारी साधनमा दुई जना प्रहरी परिचालन

\"Surkhetसुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दशैँ र तिहार नजिकिएपछि कडा सुरक्षा योजना बनाएको छ । दशैं र तिहार नजिकिएकोले अपराधिक क्रियाकलापहरु हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाइएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यस पटक सार्वजनिक सवारी साधनमा विशेष निगरानी राखिने जनाएको छ ।  चाडपर्वमा सवारीसाधनमा लुटपाट हुने, चोरी हुने भएकोले त्यस्ता गतिविधी रोक्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्यक सवारीसाधनमा सुरक्षाको लागि दुई÷दई जना प्रहरी खटाउने योजना बनाएको छ । केही अघिमात्रै सल्यानमा बस नै लुटिएपछि त्यसै घटनालाई मध्ये नजर गरी जिल्ला प्रहरी कार्यालयले यस्तो सुरक्षा योजना बनाएको हो । जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेशकुमार लाल कर्णले सवारी साधनमा हुने लुटपाट र चोरीलाई नियन्त्रण गर्ने बताए । दशैतिहारको लागि हामीले सुरक्षा योजना बानाइसकेका छौं,एसपी कर्णले भने–‘सवारीसाधनमा पनि लुटपाट हुने भएकोले अहिले एउटा बसमा दुई÷दुई जना प्रहरी परिचालन गछौं ।’’ यस्तै सुरक्षा योजनाअनुसार जिल्ला प्रहरी कार्यालयले चाडपर्वमा चोरी, डकैती, कालोबजारी नियन्त्रण गर्ने, पटका तथा आतिसवाजी लगायतका पटकाजन्य पदार्थहरुको आयात रोक्ने, मदिरा नियन्त्रण गर्ने, नाकामा चेकजाँच गर्ने, बसपार्क, बैक, कारागार, अदालत, सरकारी कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय, सीमा नाका, सुनचाँदी पसलमा पनि प्रहरी परिचाल गरिने जनाएको छ । सुरक्षा योजनाको बारेमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वीरेन्द्र थापाले चाडपर्वको बेला दुर्घटना बढी हुने भएकोले त्यसलाई नियन्त्रण गर्न पनि यातायात व्यवसायीहरुसंग समन्वय गरी काम गरिने बताए । ‘चाडपर्वमा दुर्घटना पनि बढी हुने गर्दछ यसलाई पनि हामी नियन्त्रण गर्ने योजनामा छौं,’उनले भने–‘यसका लागि जिल्लाका यातायात व्यवसायीहरुसंग समन्य गरी काम गर्ने योजना बनाइएको छ ।’’ दशै र तिहारको सुरक्षाको लागि सुर्खेत भ्यालीमा मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ सय ७१ जना प्रहरी परिचालन गरेको छ । यसैबीच, सुर्खेतका एसपी राजेशकुमार लाल कर्ण सरुवा भएर जाने भएपछि आफ्नो कार्यकालको समिक्षा गरेका छन् । पत्रकार सम्मेलन गरी एसपी कर्णले आफ्नो १३ महिने कार्यकालसफल भएको जानकारी दिए । उनले आफ्नो कार्यकालमा केही अपराधहरुका मुद्दाहरुमा बृद्धि भएको देखिएपनि जघन्य अपराध कम भएको बताए । साथै यस्ता जघन्य अपराधको पनि सफलरुपमा अनुसन्धान गरिएको उनको भनाइ छ । आफ्नो कार्यकालभर सुर्खेतीहरुको सहयोग पाएको भन्दै एसपी कर्णले अपराध नियन्त्रण गर्न सहज भएको बताए । पत्रकार सम्मेलनमा डिएसपी बहादुर जंग मल्ले चालु आर्थिक वर्षमा भएको प्रगतिको बारेमा जानकारी दिएका थिए । उनले गत साउनदेखि हालसम्ममा ५२ वर्ष चार महिना १४दिन कैद र दुई लाख ६४ हजार ७ सय ५५ रुपैयाँ जरिवाना असुल भएको जानकारी दिए । यो अवधिमा १७ महिला र ३४ पुरुषको फैसला भएको डिएसपी मल्लले बताए । सुर्खेतमा अब नयाँ एसपी केही दिनमा आउने बताइएको छ । डिएसपी र दुई जना प्रहरी निरीक्षक भने जिल्लामा आइसकेको कार्यालयले जनाएको छ । अब थप एक जना प्रहरी निरीक्षक पनि आउने छन् । यस्तै नगर क्षेत्रको सुरक्षाको कमाण्ड अव प्रहरी निरीक्षकले गर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy