Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

नेपालको नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली : ओलीको जीवनी यस्तो छ

\"KP-Oli-PM\" काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्  । उनले संविधानसभामा भएको निर्वाचनमा कुल ५८७ मत संख्या मध्ये ३३८ मत प्राप्त गरि स्पष्ट बहुमतले बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री सुशिल कोइरालाले कुल मतसंख्या मध्ये २४९ मत प्राप्त गरी पराजित भएका छन् । २०२८ सालमा भएको झापा बिद्रोहका चर्चित नेता ओली नेपाली वामआन्दोलनका क्रममा पटक पटक जेल जिवन विताएका नेतामा पर्दछन् ।  विस २०७१ असार १९ देखि १५ सम्म काठमाडौँमा सम्पन्न नवौँ माहाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित भएका ओली ०७० माघ २१ मा पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका थिए । उनै नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनीः नामः के.पी. (खड्गप्रसाद) शर्मा ओली जन्म मितिः वि.सं. २००८/११/११ तदनुसार सन् १९५२/०२/२३, शनिबार । जन्मस्थानः इवा २, तेह्रथुम, नेपाल । पारिवारिक अवस्थाः हजुरबाः स्व. मनरथ ओली । हजुरआमाः स्व। राममाया ओली । माताः स्व. मधु ओली । पितास् मोहनप्रसाद ओली । वैवाहिक अवस्थाः विवाहित । १। श्रीमतीः राधिका शाक्य । २। भाइ तथा बुहारीः जयप्रसाद ओली÷इन्दिरा ओली । ३। दिदीरबहिनीः विष्णुमाया, कौशिला र राजु । ४। पारिवारिक संख्याः २ जना (श्रीमती राधिका शाक्य सहित) । स्थायी निवासः अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल । अस्थायी निवासः शरणामती– ६, झापा, नेपाल । १। नागरिकता नम्बरः २६६ र ३१३९५ २। राहदानी नम्बरः ००२५११४ शैक्षिक योग्यताः सामान्य । भाषाः नेपाली, हिन्दी र अंग्रेजी । भ्रमणः स्वदेश— ७५ वटै जिल्ला । विदेशः मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि । राजनीतिक दलः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) वर्तमान जिम्मेवारीः अध्यक्ष, नेकपा (एमाले) ९२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन नेता, संसदीय दल, नेकपा (एमाले), ९२०७० माघ २१ म सम्पन्न निर्वाचन । संविधानसभा सदस्य– क्षेत्र नंः ७, झापा ९२०७० मंसीर ४ को संविधानसभा निर्वाचन० राजनीतिक यात्राः २०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त । जिम्मेवारी बहनः २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको । नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तः २०२६ साल । २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन । २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण । २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग । २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन जेल जीवन पहिलो पटकः २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार । पहिलो गिरफ्तारः झापा पुलिस थानामा । २०२७ र २०३० का बस्चमास् पटक पटक गरी १० पटक बढी गिरफ्तारी । जेल यात्राको १४ बर्से अध्यायः २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ । पहिलो भोगाईस् रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र । त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान । २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान । ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान । २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर । २०३३ साउनमा नख्खु जेल चलान । २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै । २०३६ जेठमा गोलघर बाहिर । २०३७ चैतमा पुनः नख्खु जेल चलान । २०३९ माघ ३ मा पोखरा जेल चलान । २०४२ कात्तिकमा स्याङ्जा जेल चलान । २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान । ०४३ माघ १२ मा भद्रगोल जेल चलान । २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी । जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी बहनः २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा ९माले० को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी । २०४६ मा तत्कालीन नेकपा ९माले० लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन । २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष । २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा ९एमाले० स्थायी कमिटी सदस्य । राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीः २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित । २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित । २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन । २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा ९एमाले० दलको उपनेता चयन । २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन । २०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित । विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको । विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्त्वपूर्ण भूमिकाहरुः २०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको । २०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ । २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको । २०४९ सालमा सम्पन्न नेकपा ९एमाले० को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको । २०५९ सालमा भएको नेकपा ९एमाले० को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ । आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको । हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy