Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भूकम्पपीडित विद्यार्थीलाई ६ करोडको छात्रवृत्तिको घोषणा

\"helpकाठमाडौं । मलेसियास्थित हेल्प युनिभर्सिटीले नेपालका भूकम्पपीडित विद्यार्थीहरुलाई १ लाख मिलियन डलर सहयोग गर्ने भएको छ । सोमबार करिब साँढे १० करोड बराबरको सहयोगमध्ये साँढे छ करोड बराबरको छात्रवृत्ति घोषणा गर्दै हेल्प युनिभर्सिटी मलेसियाका उपप्रमुख डाक्टर हेनरी लिनले उक्त कार्यक्रमले नेपालका भूकम्पबाट आहत विद्यार्थीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ नेपालको समन्वय तथा लायन्स क्लब अफ काठमाडौं गौरब र स्कलर्स च्वाई प्रालिको आयोजनामा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति योजनाको घोषणा गरिएको हो । भूकम्पबाट प्रभावित गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्नातक र स्नातकोत्तरसम्म अध्ययनका लागि मलेसियास्थित हेल्प युनिभर्सिटीले यो कार्यक्रम अन्तर्गत पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गर्नेछ । उक्त युनिभर्सिटीमा उपलब्ध जुनसुकै फ्याकल्टी र विषयमा छात्रवृत्तिका लागि छनौट विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ अन्तर्गत गठित छात्रवृत्ति छनौट कमिटीले विद्यार्थीहरुको निवेदनहरु अध्ययन गरेर विद्यार्थी छनौट गरिने स्कलर्स च्वाईस प्रालिका प्रमुख बासुदेव रिजालले जानकारी दिए । पूर्ण छात्रवृत्तितर्फ १० र आंशिकतर्फ २० जना विद्यार्थीहरु यो कार्यक्रमबाट लाभान्वित हुने युनिभर्सिटीका उपप्रमुख हेनरी लिनले जानकारी दिए । कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव बौद्धनाथ निरौलाले छात्रवृत्तिको सदुपयोग गर्दै दक्ष जनशक्ति उत्पादन गरेर उनीहरुलाई नेपाल फर्काउनुपर्ने धारणा राखे । वौद्धिक पलायनको समस्या रोक्न ध्यान दिँदै दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सके मात्रै देश बनाउन सकिने उनले बताए । छात्रवृत्ति कार्यक्रमको द्विपक्षीय समझदारी पत्रमा आजै हेल्प युनिभर्सिटीका उपप्रमुख हेनरी लिन, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि–१का प्रथम उपाध्यक्ष बालकृष्ण बुर्लाकोटी र हेल्प युनिभर्सिटीका स्थानीय प्रतिनिध स्कलर्स च्वाईस प्रालिका प्रमुख बासुदेव अर्यालले हस्ताक्षर गरे । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का डेपुटी गभर्नर बालकृष्ण बुर्लाकोटीले भूकम्पले प्रताडित बनाएको बेला महत्वपूर्ण सहयोग गरेकोमा हेल्प युनिभर्सिटीलाई डिस्ट्रिकको तर्फबाट धन्यवाद दिँदै छात्रवृत्ति छनौट निष्पक्ष ढंगले गर्दै भूकम्पपीडित विद्यार्थीलाई सघाउने प्रतिबद्धता व्यक्त गरे । छात्रवृत्ति कार्यक्रममा अन्तर्गत व्यवस्थापन संकाय, सूचना प्रविधि, हस्पिटालिटी म्यानेजमेन्ट, टुरिज्म म्यानेजमेन्ट, साइकलोजी र मास्टर इन बिजीसेन एड्मिनिस्ट्रेसन लयातका विषयमा शैक्षिक वर्ष २०१५ र २०१६ भरी लागू लायन्स क्लब अफ काठमाडौं गौरबका अध्यक्ष बासुदेव रिजालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: