Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

भूकम्पपीडित विद्यार्थीलाई ६ करोडको छात्रवृत्तिको घोषणा

\"helpकाठमाडौं । मलेसियास्थित हेल्प युनिभर्सिटीले नेपालका भूकम्पपीडित विद्यार्थीहरुलाई १ लाख मिलियन डलर सहयोग गर्ने भएको छ । सोमबार करिब साँढे १० करोड बराबरको सहयोगमध्ये साँढे छ करोड बराबरको छात्रवृत्ति घोषणा गर्दै हेल्प युनिभर्सिटी मलेसियाका उपप्रमुख डाक्टर हेनरी लिनले उक्त कार्यक्रमले नेपालका भूकम्पबाट आहत विद्यार्थीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ नेपालको समन्वय तथा लायन्स क्लब अफ काठमाडौं गौरब र स्कलर्स च्वाई प्रालिको आयोजनामा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति योजनाको घोषणा गरिएको हो । भूकम्पबाट प्रभावित गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्नातक र स्नातकोत्तरसम्म अध्ययनका लागि मलेसियास्थित हेल्प युनिभर्सिटीले यो कार्यक्रम अन्तर्गत पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गर्नेछ । उक्त युनिभर्सिटीमा उपलब्ध जुनसुकै फ्याकल्टी र विषयमा छात्रवृत्तिका लागि छनौट विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ अन्तर्गत गठित छात्रवृत्ति छनौट कमिटीले विद्यार्थीहरुको निवेदनहरु अध्ययन गरेर विद्यार्थी छनौट गरिने स्कलर्स च्वाईस प्रालिका प्रमुख बासुदेव रिजालले जानकारी दिए । पूर्ण छात्रवृत्तितर्फ १० र आंशिकतर्फ २० जना विद्यार्थीहरु यो कार्यक्रमबाट लाभान्वित हुने युनिभर्सिटीका उपप्रमुख हेनरी लिनले जानकारी दिए । कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव बौद्धनाथ निरौलाले छात्रवृत्तिको सदुपयोग गर्दै दक्ष जनशक्ति उत्पादन गरेर उनीहरुलाई नेपाल फर्काउनुपर्ने धारणा राखे । वौद्धिक पलायनको समस्या रोक्न ध्यान दिँदै दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सके मात्रै देश बनाउन सकिने उनले बताए । छात्रवृत्ति कार्यक्रमको द्विपक्षीय समझदारी पत्रमा आजै हेल्प युनिभर्सिटीका उपप्रमुख हेनरी लिन, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि–१का प्रथम उपाध्यक्ष बालकृष्ण बुर्लाकोटी र हेल्प युनिभर्सिटीका स्थानीय प्रतिनिध स्कलर्स च्वाईस प्रालिका प्रमुख बासुदेव अर्यालले हस्ताक्षर गरे । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का डेपुटी गभर्नर बालकृष्ण बुर्लाकोटीले भूकम्पले प्रताडित बनाएको बेला महत्वपूर्ण सहयोग गरेकोमा हेल्प युनिभर्सिटीलाई डिस्ट्रिकको तर्फबाट धन्यवाद दिँदै छात्रवृत्ति छनौट निष्पक्ष ढंगले गर्दै भूकम्पपीडित विद्यार्थीलाई सघाउने प्रतिबद्धता व्यक्त गरे । छात्रवृत्ति कार्यक्रममा अन्तर्गत व्यवस्थापन संकाय, सूचना प्रविधि, हस्पिटालिटी म्यानेजमेन्ट, टुरिज्म म्यानेजमेन्ट, साइकलोजी र मास्टर इन बिजीसेन एड्मिनिस्ट्रेसन लयातका विषयमा शैक्षिक वर्ष २०१५ र २०१६ भरी लागू लायन्स क्लब अफ काठमाडौं गौरबका अध्यक्ष बासुदेव रिजालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy