Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

दुई छिमेकी राष्ट्र्सँग सम्बन्ध सुदृढ गरिनेछ –उपप्रम थापा

\"kamalकाठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले दुई छिमेकी मुलुक भारत र चीनसँगको बहुआयामिक सम्बन्धलाई सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘भारत र चीन दुई मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याइनेछ । राष्ट्रिय हित र संवद्र्धन नै परराष्ट्र नीतिको आधार भएको भन्दै उनले जुनसुकै मुलुकको परराष्ट्र नीति निरन्तरतामा आधारित हुने स्पष्ट पारे ।

छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने र दातृ राष्ट्रसँगको सम्बन्धलाई विस्तार गर्ने सन्दर्भमा परराष्ट्रमन्त्री थापाले भने, ‘देशको परराष्ट्र नीतिलाई प्रगतिशील र व्यावहारिक ढङ्गबाट अगाडि बढाउने छु ।’

केही समयदेखि सीमावर्ती क्षेत्रमा मधेस केन्द्रित दलले गरेको आन्दोलन र पारवहन तथा आवागमनमा भइरहेको असहजता र व्यवधानका कारण जनताले कष्ट सहनु परिरहेको उल्लेख गर्दै उनले कूटनीतिक माध्यमबाट यस समस्यालाई समाधान गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे।

परराष्ट्रमन्त्री थापाले चाडपर्वका समयमा जनतालाई राहत दिने उद्देश्यका साथ सरकारले वर्तमान अवस्थामा देखिएको राजनीतिक समस्यालाई वार्ता र संवादबाट समाधान गर्न आन्दोलनरत राजनीतिक दललाई वार्तामा आउन आह्वान गरिसकेको बताए ।

पारवहन तथा आवागमनमा देखा परेको असहज परिस्थितिको निराकरणका लागि राजनीतिक पहल र मित्रराष्ट्र भारतसँग कुरा गर्नुपर्ने बताउँदै उहाँले कूटनीतिक संवादको माध्यमबाट समस्याको समाधानका लागि पहल भइसकेको जानकारी दिए । ।

उपप्रधानमन्त्री थापाले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिने क्रममा व्यक्त गरिएको भावनाले विद्यमान समस्याको समाधान हुने विश्वास लिइएको छ । यसलाई आधार मानेर समस्याको कुटनीतिक समाधान खोजिनेछ ।’

दैनिक उपभोग्य वस्तुको समस्यालाई देशभित्र रहेको मौज्दातलाई व्यवस्थित रुपमा परिचालन गरी आपूर्ति व्यवस्थालाई तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति बनाएर विद्यमान समस्याको समाधान खोजिने प्रयास भइरहेको उनले बताए । उपप्रधानमन्त्री थापाले जनताले महसुस गर्ने गरी आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्रसङ्घको वडापत्रको सिद्धान्तलाई मुल आधार मानेर परराष्ट्र नीति अगाडि बढ्ने बताउँदै भने, ‘आफनो प्राथमिकता र कार्यशैली भने भिन्न हुनेछ ।’

परराष्ट्रमन्त्री थापाले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताए । उनले कूटनीतिक मापदण्डलाई स्वच्छन्दरुपमा अगाडि बढाउँदा मित्रराष्ट्रमा आघात पुग्ने भएकाले विश्वव्यापी मूल्य–मान्यता र सीमालाई व्यावहारिकरुपमा प्रयोग गर्न आफूले  प्रयास गर्ने पनि बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy