Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

वार्ताबाटै समस्या समाधान गर्न मधेसी मोर्चा तयारः ठाकुर

\"Mahanta-Thakur-400x250\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताबाटै अहिलेको जारी गत्यावरोधको अन्त्यका लागि आफू तयार रहेको बताउँदै त्यसका लागि सरकार गम्भीर नभएको बताएको छ । मोर्चाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले बनाएको वार्ता टोलीलाई एक हप्ता बितिसक्दा समेत नबोलाइएको भन्दै गुनासो गरे । मोर्चाको आज बसेको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिनेसमेत निर्णय गरेको छ । तमलोपाका अध्यक्ष ठाकुरले नजिकिँदो चाडपर्वका लागि ‘बन्द केही खुकुलो भईदियोस्’ भन्ने जनताको चाहना आफूहरुले पनि बुझेको भन्दै त्यसका लागि मोर्चाभित्र छलफल चलिरहेको जानकारी दिए । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, उत्पीडितलगायतको हक अधिकार सुनिश्चित नभएसम्म आफूहरुको आन्दोलन यथावत रहने बताए । आइतबार प्रधानमन्त्रीका लागि भएको निर्वाचन प्रक्रियामा भाग लिनु नयाँ संविधानलाई स्वीकार गरेको अर्थमा लिन नहुने उनको भनाइ थियो। उनले भने, ‘सडक र संसद्भित्रको सङ्घर्षलाई समायोजन गर्न, सर्वोच्च अदालतले प्रधानमन्त्रीको निर्वाचनमा अनुपस्थित र तटस्थ बस्न नपाइने भनी गरेको फैसलाको सम्मान गर्दै हामीले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएका हौँ ।’ मोर्चाले ५९ दिनदेखि तराई, मधेसमा जारी आन्दोलनलाई सत्तापक्षले गम्भीरतापूर्वक नलिँदा थप जटिलता उत्पन्न भएको ठहरसमेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending